महोत्तरी, ६ वैशाख । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका-१३ बिजलपुरा टोल बस्ने ४५ वर्षीय बेचु भन्ने शिव शंकर आले मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शिव शंकरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



