🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञसहितको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’लाई पूर्णता दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गते बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो । पार्टीले नेपालको संविधान २०७२ सालमा संविधानसभामार्फत जारी भएको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसको रक्षा, कार्यान्वयन र समयानुकूल संशोधन नेपाली कांग्रेसको मूल दायित्व भएको जनाएको छ ।

कांग्रेसले संविधानलाई गतिशील र परिवर्तनशील दस्तावेज भन्दै नागरिक भावना, सुशासन, प्रभावकारी सेवा प्रवाह, संघीयता कार्यान्वयन तथा समावेशितालाई थप सुदृढ बनाउन आवश्यक संशोधनको आवश्यकता औंल्याएको छ ।

समितिले संविधान निर्माणका क्रममा भएका आन्दोलन, विभिन्न समुदायका माग, संघीयता कार्यान्वयनमा देखिएका चुनौती, सुशासन तथा प्रतिनिधित्वसँग सम्बन्धित विषय, साथै पार्टीको प्रतिज्ञापत्रमा उल्लेखित संविधान संशोधनका एजेण्डाको अध्ययन गर्नेछ ।

समितिमा वरिष्ठ अधिवक्ता र कानूनविद्हरूलाई सदस्यका रूपमा समावेश गरिएको छ भने अधिवक्ता राजु कटुवाल सदस्य सचिव रहेका छन् । कांग्रेसले समितिको सुझावका आधारमा संविधान संशोधनबारे आफ्नो स्पष्ट धारणा निर्माण गर्दै अन्य राजनीतिक दल, नागरिक समाज, विशेषज्ञ तथा सरोकारवालासँग राष्ट्रिय संवाद अघि बढाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *