🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेइजिङ हाफ म्याराथनमा अनर कम्पनीको रोबोटले जित्यो उपाधि

काठमाडौं । प्रविधि क्षेत्रमा ठूलो फड्को मार्दै चीनको अग्रणी स्मार्ट उपकरण निर्माता कम्पनी अनर द्वारा विकसित मानवरूपी रोबोट ‘लाइटनिङ’ले बेइजिङस्थित ई–टाउन ह्युमनोइड रोबोट हाफ म्याराथनको उपाधि जितेको छ ।

आइतबार सम्पन्न उक्त प्रतिस्पर्धामा लाइटनिङले ५० मिनेट २६ सेकेन्डको उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक जितेको हो । बेइजिङको यिझुआङ जिल्ला (ई–टाउन) मा आइतबार बिहान ७ः३० बजे सुरु भएको यो म्याराथन २१.०९७५ किलोमिटर लामो थियो । यस प्रतिस्पर्धामा स्वायत्त नेभिगेसन र रिमोट कन्ट्रोल गरी दुईवटा विधा समावेश गरिएको थियो । दुवै विधाका रोबोटहरूले एउटै मार्गमा प्रतिस्पर्धा गरे तापनि नतिजा गणना गर्दा स्वायत्त नेभिगेसनलाई १.० र रिमोट कन्ट्रोललाई १.२ को भारित गुणांक दिइएको थियो ।

यस प्रतिस्पर्धामा अनर कम्पनीका रोबोटहरूले वर्चस्व जमाउँदै शीर्ष तीनवटै स्थान हासिल गर्न सफल भए । अनरको चितियान दासेङ टोलीले पहिलो स्थान हासिल ग¥यो भने लेइतिङ सान्दियान टोली ५० मिनेट ५६ सेकेन्डका साथ दोस्रो र सिङहुओ लियाओयुआन टोली ५३ मिनेट १ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भयो । शीर्ष तीनवटै विजेताहरू स्वायत्त नेभिगेसन विधाका थिए ।

अर्कोतर्फ, रिमोट कन्ट्रोल विधाबाट अनरकै जुइयिङ चितु टोलीको रोबोटले सबैभन्दा छिटो ४८ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गरेको थियो । तर, खेलको भारित नियमअनुसार यसको नेट समय ५७ मिनेट कायम गरिएपछि यो शीर्ष तीनमा पर्न सकेन ।

यस वर्षको प्रतिस्पर्धामा सहभागी टोलीहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष २० टोली सहभागी भएकोमा यस वर्ष १०० भन्दा बढी टोलीहरूले भाग लिएका थिए । गत वर्षको विजेता तियाङगोङ अल्ट्रा रोबोटले २ घण्टा ४० मिनेटमा दौड पूरा गरेको थियो, जसको तुलनामा यस वर्षको नतिजाले रोबोटिक प्रविधि, सन्तुलन, र एल्गोरिदममा भएको तीव्र विकासलाई दर्शाउँछ ।

सहभागी रोबोटहरूले पहिलेको तुलनामा अझ स्थिर चाल, लामो समयसम्म टिक्ने क्षमता र परिष्कृत दौड शैली प्रदर्शन गरेका थिए । यो सफलताले भविष्यमा मानवरूपी रोबोटको प्रयोग खेलकुद र अन्य शारीरिक श्रमका क्षेत्रमा अझ प्रभावकारी हुने संकेत गरेको छ ।

-सीसीटीभी

Leave a Reply

Your email address will not be published. Required fields are marked *