🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१५औं महाधिवेशनमा जुट्न महामन्त्री पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने बताएका छन् ।

उनले उक्त फैसला कसैको हार वा जीतको विषय नभएको स्पष्ट पार्दै, यसलाई विभाजनको रूपमा व्याख्या नगर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

उनले भने, ‘यस फैसला कसैका लागि पनि हार वा जीतको विषय हुनु हुँदैन । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।’

महामन्त्री पौडेलले अब सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई एकताबद्ध हुन अपिल गरे । उनले आगामी १५औं महाधिवेशनलाई वातावरण निर्माणमा गर्न सबैलाई सक्रिय हुन आह्वान गरे ।

‘अब सबैलाई सुरक्षित आभाष हुनेगरि सबै पुनः चारतारे झण्डामुनि गोलबद्ध बनेर १५औं महाधिवेशनमा अघि बढ्ने वातावरण निर्माणका लागि सक्रिय रहन म समस्त नेपाली काङ्ग्रेसका नेता, साथीहरु र शुभेच्छुकमा हार्दिक अपिल गर्दछु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *