🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय सवारी रोकिँदा सर्लाही सीमामा तनाव, दुवै पक्षबिच छलफलपछि अवस्था सामान्य

सर्लाही । सर्लाही जिल्लासँग जोडिएको भारत–नेपाल सीमामा पर्ने भारतको सोनबरसा थाना क्षेत्रस्थित इन्दरवा गाउँ नजिक मिति २०८३ वैशाख ४ गते शुक्रबार दिउँसो भएको एक घटनाले सीमा क्षेत्रमा केही बेर तनावको अवस्था सिर्जना गर्यो । नेपालतर्फ रहेको आफ्नो खेततर्फ जाँदै गरेका एक भारतीय नागरिकको मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि विवाद सुरु भएको हो ।

घटनापछि आक्रोशित भारतीय नागरिकहरूले प्रतिक्रिया स्वरूप केही नेपाली नागरिकका मोटरसाइकलहरू समेत नियन्त्रणमा लिन थालेपछि अवस्था थप जटिल बनेको थियो । दुवै पक्षबिच बढ्दो तनावलाई नियन्त्रणमा लिन तत्काल नेपाल र भारतका सुरक्षाकर्मीबिच छलफल गरिएको थियो । छलफलपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल फिर्ता गरेसँगै स्थिति सामान्य बनेको स्थानीय स्रोतले जनाएको छ ।

स्थानीयका अनुसार भारतको इन्दरवा क्षेत्रका बासिन्दाहरूको सयौँ बिघा जमिन नेपालतर्फ सखुअवा, नोकैल्वा, पर्सा र पिपरा सरेह क्षेत्रमा फैलिएको छ, जहाँ उनीहरूले वर्षौँदेखि खेतीपाती गर्दै आएका छन्। दैनिक रूपमा सीमा पार आवतजावत उनीहरूको जीवनशैलीको हिस्सा बनेको छ ।

तर पछिल्ला केही दिनयता नेपालतर्फका सुरक्षाकर्मीहरूले भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमनमा कडाइ गर्न थालेपछि यस्तो विवाद सतहमा आएको हो । सुरक्षा निकायले बिना अनुमति (पास वा भन्सार प्रक्रिया बिना) नेपाल प्रवेश गर्ने सवारी साधनलाई रोक्न थालेको बताइएको छ ।

भन्सार तथा सीमा सुरक्षा सम्बन्धी प्रचलित व्यवस्थाअनुसार विदेशी नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा अस्थायी अनुमति (भन्सार पास) लिनुपर्ने प्रावधान रहेको छ । निश्चित समयावधिभित्र मात्र ती सवारी साधन नेपालमा सञ्चालन गर्न पाइने र नियम उल्लङ्घन गरे कारबाहीको व्यवस्था छ । पछिल्लो समय यिनै नियमहरूको कडाइका साथ कार्यान्वयन हुन थालेपछि सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरू प्रभावित भएका छन् ।

विशेष गरी खेतीपातीका लागि दैनिक आवतजावत गर्ने भारतीय किसानहरूलाई यसले प्रत्यक्ष असर पारेको स्थानीयहरूले बताएका छन् । उनीहरूका अनुसार वर्षौँदेखि चलिआएको सहज आवतजावतमा अचानक कडाइ गर्दा समस्या उत्पन्न भएको हो ।

यसैबिच भारतीय पत्रकार वीरेन्द्र यादवले घटनास्थलबाट प्रतिक्रिया दिँदै सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको अवस्थालाई ध्यानमा राख्दै दुवै देशबिच समन्वय र सहजीकरण आवश्यक रहेको बताएका छन् ।

स्थानीय तह र सुरक्षा निकायबिच समन्वय अभाव तथा नियमको कडाइसँगै सीमा क्षेत्रमा यस्ता घटनाहरू दोहोरिन सक्ने भन्दै सरोकारवालाहरूले दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *