🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान

काठमाडौं । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने उद्देश्यले ‘भिक्षाम् देही’ अभियान सञ्चालन गरिएको छ ।

अभियानमार्फत सहभागीहरूले सडकमा भिक्षा संकलन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले उच्च शिक्षामा बजेट अभावका कारण सरकारी क्याम्पसहरूको पूर्वाधार कमजोर बन्दै गएको र गुणस्तरीय शिक्षामा पहुँच सीमित भइरहेको बताएका छन् ।


हाल राष्ट्रिय शिक्षा क्षेत्रमा कुल बजेटको करिब १० देखि १५ प्रतिशत मात्र विनियोजन हुने गरेको छ । त्यसमध्ये पनि केवल ८ देखि ११ प्रतिशत बजेट उच्च शिक्षामा खर्च हुने गरेको उनीहरूको भनाइ छ । विकसित र सुदृढ शिक्षा प्रणाली भएका देशहरूले भने शिक्षा बजेटको करिब ५० प्रतिशतसम्म उच्च शिक्षामा लगानी गर्ने उदाहरण प्रस्तुत गरिएको छ ।

अभियानका सहभागीहरूले न्यून बजेटकै कारण सरकारी क्याम्पसहरूमा भौतिक पूर्वाधार, शैक्षिक स्रोतसाधन तथा अनुसन्धानको अवस्था कमजोर रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि तत्काल लगानी बढाउनुपर्ने माग गरेका छन् ।

उनीहरूले उच्च शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारलाई नीतिगत सुधारसहित पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

कार्यक्रमको अन्त्यमा आयोजकहरूले सडकमार्फत उठाएको यो आवाजलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने र उच्च शिक्षामा लगानी वृद्धि गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइरालाका अनुसार हाम्रा क्याम्पसका थोत्रा भवन, कक्षाकोठा , प्रयोगशाला मर्मत र सुदृढ बनाउन सरकारले ध्यान दिएन, अब हामी आफ्नै भिक्षादानबाट क्याम्पस बनाउन यस्तो अभियान सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *