🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाँके प्रहरीको अपरेशनमा ७ लाख बढीको ‘कालो व्यापार’ पर्दाफास

भन्सार छलीको सामानसहित बाख्रा–कपडा–कस्मेटिक्स बरामद :

काठमाडौं/नेपालगञ्ज । बाँके प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न सामानहरू बरामद गर्दै अवैध तस्करीमाथि ठूलो प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा रु. ७,६६,५७० बराबरका सामानहरू नियन्त्रणमा लिइएको हो।

के–के परे नियन्त्रणमा ?

प्रहरीले बरामद गरेका सामानहरू विविध प्रकृतिका छन्, जसले संगठित तस्करीको संकेत गर्छः

खाद्यान्न तथा फलफूल
तरकारी तथा दैनिक उपभोग्य सामग्री
लत्ताकपडा र जुत्ता–चप्पल
कस्मेटिक तथा स्टेशनरी सामग्री, ठूलो संख्यामा बाख्राहरू समेत बरामद सामग्रीको विविधता हेर्दा ‘सानो–सानो सामान’को नाममा भन्सारका कर्मचारीसँग मिलेर  व्यापक स्तरमा भन्सार छली भइरहेको स्पष्ट हुन्छ।

कहाँबाट ल्याइँदै थियो ?

स्रोतका अनुसार यी सामानहरू भारतबाट भन्सार प्रक्रिया छल्दै चोरी पैठारीमार्फत नेपालगञ्ज क्षेत्र भित्र्याइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सीमावर्ती क्षेत्रको खुला आवतजावतको फाइदा उठाउँदै तस्करहरूले यस्तो नेटवर्क सञ्चालन गरिरहेको आशंका गरिएको छ।

प्रहरीको कारबाही : अब भन्सार कार्यालयमा प्रक्रिया

बरामद सबै सामान आवश्यक कानूनी कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँके पठाइएको प्रहरीले जनाएको छ। सम्बन्धित व्यक्तिहरूको पहिचान र संलग्न सञ्जालबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएकाे  छ।

साँघु विश्लेषण : ‘सानो तस्करी होइन, संगठित जालो’

यो घटनाले भन्सारका कर्मचारीसँग मिलेर  सीमावर्ती क्षेत्रमा भइरहेको तस्करी ‘छिटपुट’ नभई संगठित र योजनाबद्ध व्यापार भएको संकेत गर्छ। 👉 दैनिक उपभोग्य सामग्रीदेखि पशुचौपायासम्म एउटै नेटवर्कमार्फत ल्याइनु गम्भीर प्रश्न हो।

यदि यस्ता कारबाही निरन्तर भएनन् भने-राज्यको राजस्वमा ठूलो क्षति, स्थानीय बजारमा अस्वस्थ प्रतिस्पर्धा, अवैध अर्थतन्त्रको विस्तार जस्ता समस्या झन् गहिरिँदै जाने निश्चित छ।

निष्कर्ष

बाँके प्रहरीको यो अपरेशनले तस्करीविरुद्ध कडा सन्देश दिएको छ। तर,👉 के यो एकदिने कारबाही मात्रै हो, कि सीमामा चलिरहेको ‘कालो व्यापार’ साँच्चै अन्त्यतर्फ जान्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *