🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सलहेश फूलबारीमा बिहानैदेखि भीड, नयाँ वर्षमा ढकमक्क फुल्यो ‘चमत्कारी’ सुनाखरी

रौतहट । सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सलहेश फूलबारीमा नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ । वर्षको एक दिन वैशाख १ गते मात्र फुल्ने विश्वास गरिएको दुर्लभ ‘सुनाखरी’ फूलको दर्शन र पूजाअर्चना गर्न बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ ।

लहान नगरपालिका वडा नम्बर १२ र २२ मा झण्डै नौ बिघा क्षेत्रफलमा फैलिएको यस फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी फूल ढकमक्क फक्रिएको छ ।

१४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरूबाट समेत हजारौँको सङ्ख्यामा पर्यटकहरु आएका छन्।

भक्तजनहरूले सलहेश र मालिनीको अगाध प्रेमको गाथालाई स्मरण गर्दै पूजापाठ गर्ने गर्दछन्। किम्वदन्ती अनुसार हरेक वर्ष वैशाख १ गतेका दिन राजा सलहेशको प्रतीक्षामा मालिनी फूलका रूपमा प्रकट हुने विश्वास गरिन्छ।

यो अलौकिक दृश्यको अवलोकन गर्न आउने पर्यटक र दर्शनार्थीका कारण फूलबारी क्षेत्र यतिबेला उत्सवमय बनेको छ। स्थानीय प्रशासन र मेला व्यवस्थापन समितिले बढ्दो भीडलाई मध्यनजर गर्दै सुरक्षा र दर्शनको विशेष व्यवस्था मिलाएको छ। नयाँ वर्षको पहिलो दिन यो अनौठो प्राकृतिक र सांस्कृतिक सम्पदाको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
-दिपेश पौडेल, नेपाल न्युज बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *