🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नारायणगढ–बुटवल सडकको काम चाँडो सम्पन्न गर्न चिनियाँ कम्पनीलाई ध्यानाकर्षण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराएका छन् । उनले उक्त सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे ।

अनुगमनका क्रममा उनले सडक अलपत्र पर्दा यात्रुहरूलाई सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको बताए ।

यस अवस्थालाई चाँडो अन्त्य गर्न ठेक्का कम्पनीले जिम्मेवारीपूर्वक, प्रभावकारी र तीव्र गतिमा काम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिँदै ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै निर्माण कार्यमा कुनै पनि लापरबाही नगर्न सचेत गराए ।

यसैबीच, ठेक्का कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले निर्माणलाई तीव्रता दिई निर्धारित समयसीमाभित्रै काम सक्ने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *