🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हिन्द महासागर सम्मेलनमा नेपालको कूटनीतिक उपस्थिति बलियो : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, २९ चैत : परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई हिन्द महासागरसँग कूटनीतिक, आर्थिक र रणानीतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण अवसर प्रदान गरेको विश्वास व्यक्त गर्नुभएको छ ।

मौरिससको पोर्ट लुइसमा यही चैत २८ देखि आजसम्म आयोजित उक्त सम्मेलनमा भाग लिई आज स्वदेश फर्कने क्रममा उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताउनुभएको हो ।

मन्त्री खनालले सम्मेलनमा आफूले नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्य र साझा प्रयासको आवश्यकतामाथि जोड दिएको बताउनुभयो ।

https://www.facebook.com/share/v/1KT558VMj1/

उहाँले भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्दै समुद्री पहँुच र सम्बन्ध विस्तारमा क्षेत्रीय सहकार्य र साझेदारी विकासका विषयलाई प्राथमिकताका साथ राख्नुपर्ने विषय औँल्याएको अवगत गराउनुभयो ।

भ्रमणका अवसरमा मन्त्री खनालले मित्रराष्ट्रहरू भारत, भुटान, बङ्गलादेश, सिङ्गापुर, मौरिसस र तान्जानियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको र उक्त भेटले द्विपक्षीय सम्बन्ध र हितका विविध आयामलाई नयाँ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि सम्मेलनमा सम्बोधन गर्दै उहाँले नेपाल संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुनको हस्ताक्षरकर्ता राष्ट्र रहेकाले यसप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै भूपरिवेष्टित राष्ट्रहरूलाई उच्च समुद्रमा पहुँच र समुद्री अर्थतन्त्रमा सहभागिताको अधिकार हुने बताउनुभएको थियो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *