🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाको हेलिकप्टरमार्फत उपल्लो डोल्पाबाट चार जनाको उद्धार

काँक्रेविहार (सुर्खेत), २९ चैत : नेपाल श्रमशक्ति सर्वेक्षण गर्न उपल्लो डोल्पाको शेफोक्सुण्डो गाउँपालिका-२ जाँदै गर्दा लेक लागेर ‘धो’मा बिरामी भएका कमल डाँगीसहित चार जनाको मिति २०८२ चैत २९ गते आइतबार उद्धार गरिएको छ ।

डोलेबुद्ध गाउँपालिकाको ‘धो’बाट बिरामी गणक कमल डाँगी, टोली प्रमुख किरण मल्ल, गणक लक्ष्मीकुमारी ज्ञवाली, गणक विराट डिसीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत ल्याइएको तथ्याङ्क समन्वय कार्यालय, सुर्खेतका प्रमुख विनोद आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “डाँगी लेक लागेर बिरामी हुनुभयो । हिमपातका कारण शेफोक्सुण्डो जान सक्ने अवस्था नहुँदा अन्यको पनि हेलिकप्टरबाट उद्धार भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँबाट उपल्लो डोल्पाको धो हुँदै शेफोक्सुण्डो गाउँपालिका-२ मा खटिएका गणनास्थल जानु अगाडि बिरामी हुनुका साथै भारी हिमपातका कारण समस्या उत्पन्न भएपछि उद्धार छ ।”

बिरामीलाई प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । बिरामी डाँगी जाजरकोट भेरी नगरपालिका-२ का हुनुहुन्छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *