🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मानव बेचबिखन न्यूनीकरणका लागि भारतको चेन्नईमा अभिमुखीकरण कार्यक्रम

पाटन (ललितपुर), २९ चैत : भारतका लागि नेपाली राजदूतावास, नयाँ दिल्लीको आयोजना र सामाजिक संस्था ‘किन इन्डिया दिल्ली’को सहआयोजनामा चेन्नईमा ‘श्रमिक सचेतना तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक संस्था किन इन्डियाका ग्लोबल एम्बेस्डर सगरमाथा आरोही कल्पना महर्जनले दिएको जानकारीअनुसार भारतमा रहेका नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी कानुन र मानब बेचबिखन न्यूनीकरणबारे जानकारी दिनका लागि भारतको आज उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले नेपाली श्रमिकहरूले भोगिरहेका कानुनी समस्याहरू समाधानका लागि दूतावासले प्रदान गर्ने सेवा र सहयोगबारे जानकारी गराउनुभएको महर्जनले बताउनुभयो । राजदूत डा शर्माले भारतमा विभिन्न ठाउँमा मानव बेचबिखन र तस्करीमा परेका नेपालीहरूको उद्धार र स्वदेश फीर्ति गर्नका लागि दूतावासले किन इन्डिया जस्ता संस्थासँग सहकार्य गर्ने गरेको बताउनुभएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली दूतावासका काउन्सिलर मिनिस्टर अम्बिका जोशीले आधारकार्ड, बैङ्क खाता, नो अब्जेक्सन लेटरलगायत विषयमा नेपाली श्रमिकहरूका समस्या समाधानका लागि दूतावासले सदैव श्रमिकको पक्षमा काम गरिरहेको जानकारी गराउनुभएको थियोे ।

यसैगरी, दूतावासका काउन्सिलर तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश मल्लले आफू रहेको देश तथा राज्यको कानुन पालना गर्न नेपाली समुदायलाई सचेत गराउनुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *