मध्यविन्दु (नवलपरासी), २९ चैत : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
आज साँझ माछा मार्ने क्रममा अचानक विस्फोट हुँदा पाल्पाको निस्दी गाउँपालिका–५ का ३८ वर्षीय खुमबहादुर सुनारी र ३५ वर्षीय रोमन सिंह खरु मगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।
घाइते दुवैलाई गम्भीर चोट लागेकाले उपचारका लागि रामपुर अस्पताल, पाल्पा लगिएको उहाँले जानकारी दिनुभयो ।
—




