🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इक्वालिटी कप क्रिकेट प्रतियोगिता : सिरहा र विराटनगर विजयी

मोरङ, २९ चैत : विराटनगरमा जारी पाँचौँ इक्युवालिटी महिला क्रिकेट कप प्रतियोगिताअन्तर्गत आज भएको लिगको अन्तिम खेलमा सिरहा हव र विराटनगर हव विजयी भएका छन् ।

नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजित प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सिरहाले आयोजक नेपाल क्रिकेट फाउण्डेसन-११ (एनसीएफ)लाई १ सय ३३ रनले पराजित गरेको छ । दुवै टिम यसअघि प्रतियोगिताबाट बाहिरिएका थिए ।

टस हारेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा एक विकेटको क्षतिमा १८६ रन बनाएको थियो । एनसीफले पाएको १८७ रनको लक्ष्य पूरै ओभर खेल्दै नौ विकेटको क्षतिमा ५३ रनमा सिमित भयो ।

यसैगरी दोस्रो खेलमा विराटनगरले राजविराजलाई २१ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाई ९० रन बनाएको थियो ।

राजविराजले पाएको ९१ रनको लक्ष्य १७ दशमलव एक बल खेल्दै सबै विकेट गुमाई ६९ रन मात्र बनाउन सकेको थियो । चैत ३० गते विराटनगर हव र राजविराज हवबीच फाइनल प्रतिस्पर्धा हुनेछ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *