🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
¬© SanghuNews पात्रो sanghunews.com
—
—

युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसी प क्राउ

काठमाडौँ, २७ चैत : केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसीलाई आज पक्राउ गरेको छ । ब्यूरोको टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले २०८२ वैशाख २ गते उनीविरुद्ध रु २५ हजार जरिवाना र दुई वर्ष छ महिना कैद सजाय ठहर गरेको थियो । त्यसयता उनी फरार रहँदै आएका थिए ।

ब्यूरोले आजै राजस्व चुहावट मुद्दामा उच्च अदालत पाटनबाट रु चार करोड ४४ लाख ८७ हजार ९५७ जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार अङ्कुश सप्लायर्स एण्ड ट्रेडर्सका प्रोपाइटर ३१ वर्षीय प्रवीणकुमार महतोलाई कुलेश्वरबाट पक्राउ गरेको छ ।

निजहरूलाई फैसला कार्यान्वयनका जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *