🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘चौबन्दीचोलो र फरिया(साडी) सचेतना दिवस’

काठमाडौं, चैत २८ गते । हामी नेपालीहरुको मात्र होइन विश्वभरीका मानिसहरुको पहिचान भनेको उनीहरुको भेषभुषा नै हो । हेरक देशका जनताको संस्कार, संस्कृति र भेषले नै त्यस देशको राष्ट्रियता झल्किन्छ । वर्तमान अवस्थामा विश्व भूमण्डलीकरणको कारणले हामी नेपालीहरुको राष्ट्रिय पहिचानसंग सम्बन्धित कतिपय विषयहरु धुमिल बन्दै गएका छन् ।

\"\"

हाम्रो देश नेपालको सम्बन्धमा पनि नेपालीपनका पोशाकको प्रयोग दिनानुदिन घट्दै गइरहेको कुरा सबैले अनुभव गरेकै विषय हो । विदेशी पहिरनको प्रभावले गर्दा नेपाली महिलाहरुको मौलिक पहिचान झल्किने पोशाक चौबन्दीचोलो र फरिया(साडी)को प्रयोग कम हुँदै गइरहेको छ ।

यही विषयको उत्थान गर्न र सम्बद्र्धन गर्नका लागि नेपाली महिलाहरुको परम्परागत सांस्कृतिक, सामाजिक, मौलिक पहिरन चौबन्दी चोलो र फरिया(साडी)के व्यापकरुपमा प्रचार प्रसार गरी सबै महिलाहरुको लगाउने सकारात्मक वातावरण बनाउनका लागि आगामी बैशाख १ गते नव बर्षको दिनलाई ‘चौबन्दी चोलो र फरिया(साडी) सचेतना दिवस’ घोषणा गर्नको लागि सरकारीस्तरबाट स्वीकृतिका लागि मन्त्रिपरिषद्मा समेत लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेशले पहल गरिरहेको छ ।

यो अभियानमा लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेश क्लबकी अध्यक्ष विना थापा, डिस्ट्रिक एडभाइजर निरा बज्राचार्य, उपाध्यक्ष रेश्मा सुब्बा, सचिव लक्ष्मी भद्रा ओझा, कोषाध्यक्ष मनु कार्की सक्रियतापूर्वक लागिरेहका छन् । यो  ‘चौबन्दीचोलो र फरिया(साडी) सचेतना दिवस’को शुभराम्भ २०७५ बैशाख १ गतेबाट हुँदैछ । ‘चौबन्दीचोलो र फरिया(साडी) सचेतना दिवस’को शुभराम्भ एशियन पार्टी प्यालेस सुकेधारा काठमाडौंमा २०७५ बैशाख १ गते दिनको १२ बजे राष्ट्रिय फरिया दिवस आयोजना हुँदैछ।