हालै बेलायतमा गरिएको एक अध्ययनले पानी पिउनु मस्तिष्कको क्षमता बृद्धिका लागि एकदमै फाइदाजनक देखिएको छ । एक संज्ञात्मक परीक्षामा परीक्षार्थीहरूको प्रतिक्रियाको तीव्रताको आधारमा यसको परीक्षण गरिएको थियो । जसमा पानी नपिउने परीक्षार्थीहरूभन्दा पानी पिउने परीक्षार्थीहरूबाट राम्रो प्रदर्शन भएको थियो । फ्रन्टियर्स इन ह्यूमन न्यूरोसाइन्समा प्रकाशित शोधले जब मानिसले पानी पिउ“छ तब आफ्नो ध्यानलाई केन्द्रित गर्दछ भन्ने निष्कर्र्षसहितको विवरण प्रस्तुत गरेको छ ।
इस्ट लण्डन विद्यालयद्वारा गरिएको अध्ययनमा ३४ जना वयस्कहरूलाई विहान ९ बजेदेखि नै खाना तथा पानीको कम सेवन गर्नको लागि भनिएको थियो र अर्काे दिन प्रयोगशालामा बोलाइएको थियो । सहभागीहरूलाई दुई पटकसम्म प्रयोगशालामा बोलाइएको थियो । परीक्षण भन्दा एकतर्फ सहभागीहरूलाई चकलेट तथा पानी पिउन दिइएको थियो भने अर्कोतर्फ मात्र चकलेट दिइएको थियो । यस परीक्षण पश्चात पानी पिउने सहभागीहरूमा पानी नपिउनेमा भन्दा अपेक्षाभन्दा अधिक तेज दिमाग भएको पाइएको थियो ।



