काठमाडौं, चैत्र २५ \\ केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि स्थगित भएको नेपाली काङ्ग्रेस, केन्द्रीय कमिटिको बैठक बैशाख ३ गतेबाट पुन सुचारू हुनेभएको छ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक चैत ९ गतेबाट बस्दैआएको थियो।
बैठकले पार्टीको महासमिति बैठकको मिति टुङ्गो लगाउने तयारी गरेको नेपाली काङ्ग्रेसले जनाएको छ।
महासमिति बैठक प्रत्येक वर्ष बस्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ। तर, अधिवेशन भएको दुई वर्ष बितिसक्दा समेत् महासमिति बैठक बोलाइएको छैन।



