🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

थारू समुदायको रैथाने खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गरिने

दाङ, २० चैत । कृष्णबहादुर घर्तीले रैथाने थारू खानाको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको बताएका छन् । थारू महिलाले बनाउने रैथाने थारू खानाको अब राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गरिने भएको छ ।

थारू परम्परागत खानाको व्यावसायिक संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका थारू महिलाले रैथाने थारू खानाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गरिने भएको हो ।

दाङ घोराही उपमहानगरपालिका–१६ सौरीका हस्तिकुमारी चौधरीले थारू समुदायका परिकार स्वाद र विविधताका हिसाबले समृद्ध भएकाले अन्य समुदायले पनि यसको स्वाद लिनु लाभदायक हुने बताउँदै थारू रैथाने खानालाई आयआर्जनसँग जोड्दै पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ भन्नुभयो । “रैथाने थारू खानाको परिकार बनाउन बिर्सिन लागेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले थारू खानालाई व्यापक रूपमा विस्तार गर्दै व्यावसायिक विकास गर्न लागिपरेकी छु ।” उहाँले पहिलेपहिले दाङका थारूले खाने दगौरा खाना बनाउने गर्थे भन्दै अहिले भने दाङको मात्र नभई कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ–देउखुरी क्षेत्रका थारूले खाने रैथाने खाना बनाएर यसबाट आर्थिक स्तर वृद्धि गर्ने माध्यम बनाएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–११ सुकौराका बिना चौधरीले पनि अहिले विभिन्न जिल्लाका थारू समुदायले खाने खानाको रैथाने परिकार बनाउन थाल्नुभएको उल्लेख गर्दै आफूले थारूको परम्परागत खानालाई व्यावसायिक रूपमा होटल गरेर आम्दानी गर्ने बताउनुभयो । यस क्षेत्रका केही थारू महिलाले व्यावसायिक तालिम लिएर भए पनि रैथाने थारू खानाको संरक्षण तथा प्रवर्द्धन गर्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न समेत जोड दिँदै आएका छन् ।

थारू समुदायका खानाका परिकार स्वाद र विविधताका हिसाबले समृद्ध भएकाले अन्य समुदायले पनि यसको स्वाद लिनु लाभदायक हुन्छ । तर, पछिल्लो समय थारू खाना पनि लोप हुँदै जान थालेकाले यसलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि थारू समुदायका महिलालाई थारू खाना बनाउने तालिमसमेत प्रदान गरिएको छ ।

पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको आयोजना तथा थारू सांस्कृतिक संरक्षण केन्द्र चखौरा दाङको सहकार्यमा दाङका ४० महिलालाई थारू परम्परागत खानाको व्यावसायिक प्रवर्द्धन तालिम प्रदान गरिएको हो । दङ्गीशरण गाउँपालिकाको चखौरामा आयोजना गरिएको सो तालिममा दाङका थारूले खाने रैथाने खाना दगौरा, दाङको देउखुरीका थारूले खाने देउखुरीया, बाँके र बर्दियाका थारूले खाने देसौरी तथा कैलाली र कञ्चनपुरका थारूले खाने राणा र कठरिया खाना बनाउन सिकाइएको थियो ।

यस भेगका महिलालाई रैथाने थारू खाना बनाउन सिकाएर यसलाई बजारीकरण गर्नतर्फ आफूहरू लागेको लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो । “अहिले थारू समुदायको खाना भनेर ढिक्री, घुँङी, जाँडको झोलमात्र दिने गरिएको छ”, उहाँले भन्नुभयो “त्यतिमात्रै थारू समुदायको परिकार होइनन्, हाम्रा थुपै्र खाना लोप भएका छन्, जुन मानव स्वास्थ्यका लागि पनि लाभदायक छन् ।”

उहाँका अनुसार कन्जुवा, अनदी, सिम्ठारो, मकै र मसुराको भात, थारू समुदायको विवाह पाटीका परिकार, घोङी, गङ्गटा, लोकल कुखुराको मासु, गुइता माछा, माछा, सिद्रा माछा, बङ्गुरको मासु, बयरको अचार, जारको झोल, ढिक्री, पतौरीलगायत ४० भन्दा बढी रैथाने परिकार छन् । ठाउँअनुसार फरकफरक खाना रहेकाले ती खानालाई बजारमा लैजान सकेमा आम्दानीको मुख्य स्रोत पनि बन्न सक्ने पूर्वमुख्यमन्त्री चौधरीको भनाइ छ ।

उहाँका अनुसार अब झापा, मोरङ, बारालगायत थारू समुदायले खाने रैथाने खानाका बारेमा पनि व्यावसायिक तालिम दिने तयारी छ । अहिले दाङका थारू समुदायलाई मात्र यो तालिम प्रदान गरिएकामा अब बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, नवलपरासीका थारू समुदायलाई पनि यस्तो तालिम दिने उहाँको भनाइ छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *