🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मकवानपुरमा डेङ्गी सङ्क्रमणमा वृद्धि

बागमती, १६ चैत : पछिल्लो समय मकवानपुरमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे आठ महिनामा २१२ जना डेङ्गी सङ्क्रमित भेटिएका छन् । सबैभन्दा बढी डेङ्गीबाट हेटौँडा उपमहानगरपालिका प्रभावित छन् ।

हेटौँडामा १६९ जना, भीमफेदी गाउँपालिकामा १७ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकामा नौ÷नौ जना, बकैयाँ गाउँपालिकामा तीन जना, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा दुई/दुई जना डेङ्गीबाट सङ्क्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मकवानपुर राक्सीराङ गाउँपालिकामा पनि एक जना डेङ्गी सङ्क्रमित भेटिएको छ । यस्तै मकवानपुरका ४८ जना स्क्रब टाइफसबाट पीडित भएका छन् । जसमध्ये हेटौँडामा मात्र २६ जना रहेको सूचना अधिकारी घिमिरेले बताउनुभयो ।

जिल्लामा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको छ ।—

Leave a Reply

Your email address will not be published. Required fields are marked *