🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मनोज पुनको भिडन्तमा मृत्यु कि हत्या ? के भन्छन् रुपन्देहीका एसपी ?

फाल्गुण ९ । फाल्गुण ९ गते विहान सा“ढे ३ बजे रुपन्देहीको देवदह ४, भवानीपुरमा एक्कासी जम्काभेट हुँदा मारिएका गुण्डानाईके मनोज पुन र उनका सहयोगी सार्फसुटर सोम आलेको लास प्रहरीले सार्वजनिक गरेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलको पोष्टमार्टम गृहमा पत्रकारहरु र सर्वसाधारणहरुको लागि हेर्न तथा फोटो खिच्न समयका लागि सार्वजनिक गरेको थियो, कस्तो होला मनोज पुन भनेर उत्सुक सर्वसाधारहरुको लास हेर्न घुईँचो समाल्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

\"\"
 ईन्काउन्टरको झण्डै ६ घण्टापछि मात्र सार्वजनिक गरिएको मनोज पुन र उसको सहयोगी भनिने सोम आलेलाई प्रहरीले देवदह आएको थाहा पाएपछि अर्काे घटना घट्न सक्ने भन्दै सचेत बनेको प्रहरीसँग एकाविहानै जम्काभेट भएपछि उनीहरुले पहिले गोली चलाएर प्रहरीको बाईकमा लागेपछि दोहोरो भिडन्तमा उनीहरुको मृत्यु भएको प्रहरीले  बताईरहँदा यता धेरैले भने यो नियोजित घटना  हुनसक्ने बताईरहेका छन् ।

  गोली लागेर घाईते भएका उनीहरु उपचारको लागि लुम्बिनी अञ्चल अस्पतालमा सा“ढे ५ बजे ल्याईपु¥याउँदा उनीहरुको मृत्यु भैसकेको थियो । प्रहरीले उनलाई केही दिन अगाडि मात्रै नया“ दिल्लीको गोवामा समातेको हल्ला बाहिर आएको थियो तर यो कुरा प्रहरीका एसपी श्याम ज्ञवालीले स्वीकार गरेनन् । सीआईवीका डीएसपी अंगुर जिसी, एसपी श्याम ज्ञवाली, डीएसपीलगायतको कमान्डमा गएको टोलीसँगको दोहोरो भिडन्तमा यो घटना भएको हो । घटनाबाट ल्यापटप, पेस्तोल, डायरीलगायतका सामानहरु फेला परेको छ । हत्या गर्ने, धम्की दिने र फिरौती उठाई आतंक सिर्जना गरेका गुण्डा नाईके मनोज पुनको मृत्युसँगै मनोज पुनको ‘च्याप्टर क्लोज’ त भएको छ तर उनको मृत्युसँगै आतंकको अन्त्य भने हुनेमा भने रुपन्देहीवासी ढुक्क छैनन् ।

हत्या कि भिडन्त ?

प्रहरीले दोहोरो  भिडन्तमा गोली लागेर मृत्यु भएको भनिरहँदा उनको मृत्युलाई कतिपयले भने हत्या भनेका छन् । प्रहरीले मोष्ट वान्टेडमा रहेका पुनलाई प्रहरीले भारतबाट समातेर ल्याएको र उनलाई देवदहमा योजनमा मारिएको हुनसक्ने बताउँछन् । विगतमा गुण्डा नाईकेहरु दिनेश अधिकारी, कुमार घैटेलगायतको ईन्काउन्टरमा पनि प्रहरीले यस्तै विधिबाट गरेको हुँदा कतिपयले गरेको आशंकासँग नया“ दिल्लीमा समातिएको घटना मिल्ने हुँदा यस्तो मनोज पुनको स्वाभाविक भिडन्तमा मृत्यु नभएर प्रहरीले नियोजित घटनाएको घटना हुनसक्ने देखिन्छ । मृतक पुनको शरीरमा १२ राउण्ड र यता मृतक सोम आलेको शरीरमा ८ राउण्ड गोली प्रहार भएको हुँदा पनि दोहोरो भिडन्तमा यति धेरै गोली एकातिरमात्रै प्रयोग हुनुले यसलाई अर्काे शंकाको दृष्टिले हेर्न सकिने कतिपय बताउँछन् ।

के भन्छन्, सर्वसाधारण ?

उनको मृत्युले शान्तिको आभास हुने भनेर प्रहरीले भनेपनि कतिपय सर्वसाधारणले भने यसरी इन्काउण्टर गर्दा यही विषयलाई लिएर अन्य घटनाहरु घट्नसक्ने सम्भावना बढ्ने बताउँछन्, खासगरी उनको मृत्युलाई लिएर दुईखाले मिश्रित प्रतिक्रिया जनताले दिने गरेका छन्, कतिपय व्यवसायीहरु अब निर्धक्क काम गर्न पाउने बताउँछन भने कतिपयले आतंकको अन्त्य भैनसकेको बताउँन् ।

२०१५ सालमा नवलपरासीबाट सुनिलकुमार रानाको नामबाट उनले पासपोर्ट लिएर आपराधिक गतिविधिमा संलग्न भएको र एटिम कार्डमा समेत फरक नाम राखेको प्रहरीले जानकारी दिएको छ । गत वर्ष पुस ४ गते नेकपा एमालेको भातृ संगठन युवा संघ रुपन्देही जिल्ला अध्यक्ष तिवारीको हत्याको जिम्मेवारी पुनले नै लिएका थिए । 

  २०७४ असोज २३ गते काठमाडौं नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा पनि पुनको संलग्नता देखिएको प्रहरीको दाबी छ । गौचनकै हत्या मुख्य योजनाकार समिरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै २०७४  पुष २१ गते देवदहकै दुर्गा तिवारीका साथी बसन्त पौडेललाई पनि गोली हानी हत्या गरेको जिम्मा लिएका थिए । मनोजको हत्यासँगै मनोज पुनको आतंकको च्याप्टर क्लोज होला त ? स्थानीय जनता अझै ढुक्क भने हुन सकेका छैनन् ।   
-शिव डुम्रे /बुटवल