🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेकपा (बिप्लव)को बन्दसँगै कहीं बमबिष्फोट, कहीं बम फेला

काठमाडौं, फागुन ८ \\   नेकपा (बिप्लव) ले नेपाल बन्द गराएसँगै कहीं बम बिष्फोट गराइएको छ र कहीं बम फेलापरेको छ।

बागलुङ धवलागिरि चोकमा गएराति बम विष्फोट भयो। विष्फोटले सडकमा खाल्डो परेको र श्रीधर कँडेलको घरको सिसा चर्केको छ ।

बागलुङमै पुरानो बसपार्कमा राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

व्यवसायी उमेश केसीको गाडी शोरुम अगाडि ‘बम’ लेखिएको हटकेस देखेर स्थानीयले प्रहरीलाई खबर गरेकाले तत्काल निष्क्रिय पारिएको प्रहरी अदिकृत विश्वराजसिंह थापाले भने।

हेटौंडाको शहीदस्मारकको गेटमा राखेको प्रेसरकुकर बम पनि निस्क्रिय पारिएको छ।

त्यस्तै, बूढीगङ्गा नगरपालिकाको बार्जुगाड पुलमा आज बोराले बेरेर राखिएको अवस्थामा शङ्कास्पद बस्तु फेला गरेको छ । 

त्यसैगरि, पोखराको विजयपुर खोलामा टाईम बम विस्फोट भएको छ । घटनामा पत्रकार घनश्याम पाण्डे, प्रहरी कुलबहादुर खत्री र अर्को एकजना घाइते भएका छन् ।

नागढुङ्गा र विजयपुरमा शङ्कास्पद वस्तु भेटिएको थियो । नागढुङ्गामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा पुगेको थिएन।