🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काँग्रेसको कार्वाहीमा परे आफ्नै तीन जना कार्यकर्ता

उर्लाबारी, मोरङ । नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ ।

उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहादुर राउत, रामप्रसाद सुवेदी र विपीन खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सचिव पर्वत राईले जानकारी दिए ।

यस्तै, बैठकले निर्वाचनमा असहयोग पुर्याउने ३१ जनालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

उनीहरुलाई पत्र पठाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव राईले बताए ।

यसैगरी, क्षेत्र नं १ मा पार्टी हारको कारण खोज्दै प्रतिवेदन तयार पार्न महासमिति सदस्य ललित अधिकारीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ ।

मोरङ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य गरी तीनवटै पदमा काँग्रेसले हार बेहोरेको थियो ।