काठमाडौं, फागुन ५ \\ जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज शनिबार पहाडी क्षेत्रमा दिनभर सामान्य मौसम बदली हुने छ। देशका अरु क्षेत्रमा पनि आंशिक बदली रहने छ।
दिनमा कतै-कतै आकास खुलेपनि दिनभर बदलीकै अवस्था रहने छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात हुनसक्ने र पहाडी क्षेत्रका केही ठाउँमा पानी पनि पर्न सक्ने सम्भावना छ।



