🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इन्द्रेणीले बनाइदिने भो बाढीपीडितलाई घर

हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु भएको छ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ ।

हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिए । मङ्गलबार हेलम्बु गाउँपालिका र इन्द्रेणीबीच घर बनाउने सम्झौता भएको हो । रु तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् । 

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कँडेलले रु ६२ लाख हस्तान्तण गरेर यथाशीघ्र घर निमार्णको काम अगाडि बढाउन आग्रह गरे । 

कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकामा धन्यवाद दिँदै दशैँसम्ममा आफ्नै घरमा प्रभावित जनतालाई साररै छाड्ने प्रतिबद्धता जना । उनले हेल्भेटास नेपालबाट ४० र केयर नेपालबाट २० वटा निमार्णको शुरु भइसकेको जानकारी दि । गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ ।

कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताए ।  उनले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको रु पाँच लाख आउनेबित्तिकै स्थायी आवासका निम्ति काम थाल्नेसमेत जानकारी दिए ।  मेलम्ची नगरपालिकामा पनि केयर नेपाललगायतले आवास निर्माण गर्ने बताइएको छ ।

बाढीबाट प्रभावित स्थानीय तहलाई रु १२ लाख सहयोग

गत असार १ गतेको अविरल वर्षा र भीषण बाढीबाट प्रभावित स्थानीय तहहरु मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकालाई नेपाल सरकारका पूर्वसचिव सुमनप्रसाद शर्माको टोलीले रकम सहयोग गरेको छ ।

मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकालाई रु तीन÷तीन लाख र हेलम्बु गाउँपालिकालाई रु छ लाख हस्तान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकासविज्ञ डा शम्भुप्रसाद कट्टेलले जानकारी दिए ।