🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओलम्पिकमा वैधानिक कोकोहोलो : सागको तयारी नै अस्तव्यस्त भयो !

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद साग नेपालमा हुँदैछ । सन् २०१८ मै हुनुपर्ने साग अहिलेसम्म ठ्याक्कै यही मितिमा हुन्छ भन्ने यकिन हुन सकेको छैन । हरेक दुई वर्षमा हुनुपर्ने साग यसपटक नेपालले गर्दैछ ।

तर नेपालको राजनीतिक उतारचढावले गर्दा तयारी अस्तव्यस्त छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरू त्यो देशको ओलम्पिक कमिटीले आयोजना गर्ने गर्दछ । ओलम्पिककै आग्रहमा अन्य देशका ओलम्पिक कमिटीको संयोजनमा खेलाडीहरू खेल्न जाने गर्दछन् । 

हो, तेह्रौं सागको आयोजनाको सबै जिम्मा नेपाल ओलम्पिक कमिटी एनओसीको हो । 
अचम्म लाग्ला एनओसीको भवन ललितपुरको सातदोबाटोमा छ । ६ रोपनी जग्गामा चार तल्लाको बडेमान भवन खडा छ । स्तरीय भवन बनेको छ । त्यो भवनबाट काम भने हुन्न । किनकि त्यो भवनमा ०७३ साल माघ १० गतेदेखि ताला लगाइएको छ । एनओसीका कामहरू त्यही भवनको क्यान्टिनमा निकै दुःखकष्टका साथ भइरहेको छ ।  

यो किन भयो त ? विगतमै एकपटक पुग्नुपर्ने हुन्छ । एनओसीमा वैधानिकताको विषयले विगत १० वर्षदेखि ओलम्पिक कमिटीमा सहजै रुपले काम हुन सकेको छैन । ओलम्पिक विवादले पटक पटक अवरोध हुँदा पनि सर्वोच्च अदालतलेसमेत अहिलेसम्म स्पष्ट निर्णय दिएको छैन । 

१० वषको बीचमा धु्रबबहादुर प्रधानले दुई कार्यकाल र जीवनराम श्रेष्ठले आधा कार्यकाल नेतृत्व सम्हालिसकेका छन् । सरकारको ठाडो हस्तक्षेपका कारण ओलम्पिकले स्पष्ट दिशा लिन नसकेको हो । जुन पार्टीको सरकारमा नेतृत्व हुन्छ उसले ओलम्पिकमा आँखा लगाएका कारण समस्या बल्झेको हो । 

रुक्मशमशेर राणाले ०६५ सालसम्म लामो समयको नेतृत्वपछि ओलम्पिक कमिटीबाट विश्राम लिने जनाए । उनकै कार्यकालमा लामो समयसम्म महासचिव बनेका धु्रबबहादुर प्रधान अध्यक्ष चुनिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसी र एसियाली ओलम्पिक काउन्सिल ओसीएले प्रत्यक्ष सहभागितामा होटल हायातमा भब्य तरिकाले चुनावी प्रक्रिया सकिएको थियो । 

रुक्मशमशेर पनि उक्त होटलमा भएको निर्वाचनमा भाग लिन पुगेका थिए । उनले छोडेपछि प्रधान अगाडि आए । जीवनराम श्रेष्ठ महासचिव बने । किशोरबहादुर सिंह पनि चुनावी प्रतिस्पर्धामा थिए । तर चुनाव हारे । त्यो १० वर्ष अगाडिको कुरो थियो । 

अहिले रुक्मशमशेर ८४ वर्षका भए । बिमार छन् । खेल राजनीतिमा पस्ने हैसियत राख्दैनन् । सम्भवतः उनलाई १० वर्षअघि ओसीएमा लैजाने योजना थियो । तर उनको समूहले बैधानिकताको कुरा झिकेर सर्वोच्च अदालतमा निवेदन दियो । त्यही निवेदनका कारण अहिलेसम्म बखेडा झिकिरहेको छ । अदालतले राणा अध्यक्ष रहेको कमिटीलाई वैधानिकता दिएको थियो । 

वैधानिकता पाउनुको कारण ओलम्पिक कहाँ दर्ता हुने भन्ने हो । रुक्मशमशेर अध्यक्ष रहेका बेलामा राखेपमा ०६२ चैत ४ गते ५३ नम्बरमा दर्ता भएको थियो । आधिकारिकता सम्बन्धमा त्यसलाई नै अदालतले फैसला ग¥यो । यसलाई नै आधारित बनाउँदा रुक्मशमशेरले आफ्नो कार्यकाल सकेपछि त्यो स्वतः धु्रबबहादुर प्रधानमा गयो । 

सर्वोच्चको फैसलाले रुक्मशमशेर अध्यक्ष रहेका बेलामा महासचिव रहेका प्रधानको ओलम्पिकलाई नै वैधानिक भनेपछि स्वतः त्यो त रोलक्रम अनुसार सर्ने भयो । यसमा अरुको रोइकराई र बीचबीचमा अत्ताल्लिएको प्रधान नेतृत्वले विभिन्न ठाउँमा ओलम्पिक दर्ता गर्दा केही अल्झन आउनु स्वभाविक हो ।

 
तर व्यवहारमा सबैलाई जानकारी भएकै विषय हो कि एउटा देशमा दुई वटा ओलम्पिक हुन सक्दैनन् । ओलम्पिक राष्ट्रिय मान्यता र अन्तर्राष्ट्रिय मान्यता भन्ने हुन सक्दैन । आइओसी र ओसीएले दिने मान्यता नै अन्तिम हो । हो, त्यो देशको नियमअनुसार पनि चल्नैपर्छ । तर यो होइन कि देशको नियमअनुसार चल्ने भनेर ओलम्पिकलाई सरकारले हेरफेर गर्न पाओस् । 

यी अकाट्य बुँदालाई मूल्यांकन गर्ने हो भने नेपाल ओलम्पिक कमिटीमा कुनै विवाद छैन । त्यो अहिलेका अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वकै एनओसी आधिकारिक हो । तर सरकार र शक्तिको आडमा हानथाप भइरहने प्रथा गलत भयो । कांग्रेस नेता कृष्णप्रसाद सिटौला गृहमन्त्री भएका बेलामा कार्वाही गर्न खोजियो । रुक्मशमशेर खेमा सक्रिय भयो । 

अहिले पनि त्यसरी अनावश्यक सल्बलाई रहेको छ । यो खेमाको कुनै औचित्य छैन । रुक्मशमशेर रोगी, वृद्ध भएपछि अर्का वृद्ध हुने उमेरका किशोरबहादुर सिंहले कार्यबाहक खाँदै बखेडा झिकेका छन् । २०७४ माघ २१ गते पनि उनीहरूले आफूहरू नै आधिकारिक भन्दै ओलम्पिकको भवनभित्र पत्रकार सम्मेलन गर्न खोजे । 

तर यसपटक सांसदसमेत रहेका मान्यताप्राप्त ओलम्पिकका अध्यक्ष जीवनराम श्रेष्ठले ललितपुर जिल्ला प्रशासनमा खवर गरी प्रहरी पठाएपछि एक वर्षबढीदेखि ताल्चा लगाएको भवनमा सिंह पक्षले पत्रकार सम्मेलन गर्न पाएन । र, पनि बाहिरै पत्रकार सम्मेलन गर्दै भनियो, ‘हामी नै आधिकारिक ओलम्पिक कमिटी हौं अब हामीसंगै सरकारदेखि खेल संघहरूले समन्वय गर्नु हुन अनुरोध छ ।’

आइओसी र ओसीएको मान्यता नपाएसम्म सिंहले जतिसुकै घोक्रो सुकाए पनि उनको अर्थ छैन । खेलाडीहरू टिप्पणी गर्छन् ‘‘राष्ट्रिय खेलकुद परिषदको पूर्व सदस्यसचिव समेत भइसकेका सिंहलाई किन वास्तविकता स्वीकार्न कठिन ? अति त नगर्नु नि ?’’ सिंह पूर्वराजपरिवारको नजिकका ब्यक्ति हुन् । आजकल ओलम्पिकका जीवनराम पक्षले भन्न थालेका छन्, ‘राजसंस्था त गइसक्यो तर किशोरबहादुर सिंहको त्यो धङ्धङी कायमै छ ।’

खेलाडीहरू गुनासो गर्छन् ‘‘साग नजिकिंदो छ । यस्तोमा सरकारदेखि सर्वोच्च अदालतसम्मले सहज वातावरण बनाइदिए तयारी तीव्र हुने थियो, श्रेष्ठ पक्षले सहजै आफ्नो काम गर्न पाउने थियो, पूर्वाधारमा आइओसीबाट सहयोग ल्याउन सक्ने थियो ।’’ यसतर्फ यथासिघ्र ध्यान नजाने हो भने साग र एसियाली खेलकुद एसियाडको तयारीमा असर पर्ने निश्चित छ ।