🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरीका हाकिम घुमुवा राख्दै असुल्दै 

चितवन । भक्तपुर प्रहरीका डीएसपी कृष्ण प्रसाईले असुलीका लागि राखेका प्रहरी जवान उमेश थापालाई दुर्घटनाको केस मिलाइदिने भनेर घुस लिंदालिंदै २०७४ माघ १८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ ग¥यो । एसपी किरण राणा देशबाहिर गएको मौकामा निमित्त प्रमुख रहेका प्रसाईले प्रहरी जवान थापालाई प्रयोग गरी घुस असुली गर्दैआएका थिए ।

दुर्घटनाको केस मिलाइदिने भनेर उनले घुसको डिल गरेको सूचना पाएपछि अख्तियारको टोलीले पक्राउ गरेको थियो । यसरी तल्लो तहका प्रहरी राखी घुस असुली गर्ने कार्यमा चितवनका प्रहरी प्रमुख दीपक थापाले अरु हाकिमहरूलाई माथ गरेको प्रहरी स्रोत बताउछ । बारा घर भएका र दरबन्दी इलाका प्रहरी कार्यालय माडी भएका प्रहरी जवान मिथिलेश चौधरीलाई एसपी थापाले घुमुवा राखी अतिरिक्त कमाउधन्दा संचालन गर्दैआएको प्रहरी स्रोतले बताएको छ । 

  चौधरीले ट्रान्सपोर्ट कम्पनी, गोरु निकासी गर्नेहरू, कुखुराको मासुका कारोबारी, काठ तस्करी गर्नेहरूबाट असुली गर्दै एसपी थापालाई दिने गरेका छ्न । भैरहवाबाट चितवनमा सामान ढुवानी गर्ने कालिका ट्रान्सपोर्ट, बीरगंज हुँदै चितवनबाट काठमाडौंमा ढुवानी गर्ने अशोक रोडवेजसँग एसपीको नाममा मासिक रुपमा घुस लिने गरेका छन् । बीरगंज र भैरहवा नाकाबाट भारतबाट कपडा, हार्डवेयर र विद्युतीय सामानहरू चितवनमा ल्याएर विभिन्न सहरमा पठाउने काम हुन्छ । भन्सारछली गरी भित्रिएको सूचना आएको छ भन्दै दुःख दिने भएकाले ट्रान्सपोर्ट कम्पनीहरूले प्रहरी सेटिङ गर्दै सामान भित्र्याउने गर्दछन् । 

प्रहरी जवान चौधरीले गोरु तस्कर उत्तम र मासु कारोबारी नारायणसंग पनि मासिक रुपमा एसपीको नाममा असुली गदैैआएका छन् । नेपालबाट भारततर्फ कसरी गोरु तस्करी हुने गरेका छन् भन्ने उदाहरण २०७४ माघ १७ मा पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा पल्टिएको ट्रकले स्पष्ट पारेको छ । उक्त ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरु मरेका थिए ।  

सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको उक्त गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक कोशी ब्यारेज नजिकै पल्टिएको थियो । यसैगरी चितवनबाट पनि दैनिकजसो भारततर्फ गोरु तस्करी हुृँदैआएको छ । तस्करहरूले प्रहरी सेटिङ गरी गोरु तस्करी गर्दैआएका छन् ।

गाडीको बडीमा काठ राखेर ग्यारेजमा ल्याउनेहरूसंग पनि प्रहरी जवान मिथिलेशले मासिक घुस लिने गरेको आरोप छ । अमलेखगंज, मकवानपुरका मनहरि इलाकाबाट ट्रक र बसको बडीमा काठ राखेर ल्याउने र भरतपुरमा ग्यारेजमा ल्याएर स मिलहरूसंग कनेक्सन गरी बिक्री हुँदैआएको छ ।

यसरी ग्यारेजमा बडी बनाउने भनेर हुँदैआएको काठ कारोबारीसंग पनि मासिक घुस जवान चौधरीले लिने गरेका छन् । चितवनमा भएका करीब २ सय होटल लज (सौराहाबाहेक) पनि दररेट तोकेर घुस असुली हुने गरेको छ । हरियाणा गेष्टहाउसमा हुने पेशेवर जुवा अखाडाबाट मासिक १ लाख तोकेरै प्रहरी जवान चौधरीले उठाउँदैआएका छन् । यसरी लाखौं रुपैयाँ मासिक असुली गर्दै दिने भएकाले एसपी थापाले चौधरीलाई लामो समयदेखि घुमुवाका रुपमा परिचालित गर्दैआएका छन् । 

त्यस्तै पूर्वी चितवनमा एसपी थापाले असई कमल परियारलाई राखेका छन् । दरबन्दी सप्तरी भएका कमल क्षेत्री भन्ने कमल परियार ४ बर्षदेखि घुमुवाका रुपमा हाकिमका लागि असुली गर्दैआएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काजमा खटिएकाहरू सबै दरबन्दीमा जानू भन्ने प्रहरी प्रधान कार्यालयको परिपत्र थियो । त्यही परिपत्रका आधारमा असई परियार दरबन्दीमा गए  तर गएको ७ दिनमै उनी काज खटाएकै टाँडी इप्रकामा फर्किन सफल भए ।

बाणिज्य मन्त्री मिन विश्वकर्मालाई भनसुन गरी उनी चुनावमा समेत खटाएको ठाउँमा गएनन् । घुमुवा राखेर जथाभावी असुली गरेको गुनासो आएपछि असई परियारलाई  इलाका प्रहरी कार्यालय टाँडीको मुद्दाफाँटामा खटाइएको छ । टाँडीको मुद्दामा भए पनि उनले सौराहाका ठूला होटल, लागूऔषध कारोबारी, लोथर–मनहरी–ठोरीबाट भारततिर लागूऔषधको कारोबार ब्यापक हुने गरेको छ ।

काठको कारोबार गर्नेदेखि बालुवा ओसारपसार गर्नेहरूसँग पनि मासिक घुस लिने गरेका छन् । पूर्वी चितवनबाटै बालुवा र गिटी बढी जाने गर्दछ । परियारका विरुद्ध थुप्रै उजुरी प्रहरी प्रधान कार्यालयमा परेका छन् । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडामा पनि उजुरी परेका छन् । तर पनि असई परियार र जवान चौधरीविरुद्ध केही पनि कारबाही हुन सकेको छैन । चितवनका एसपी थापामात्र होइन, प्रदेश प्रमुख केशरीराज घिमिरेले पनि घुमुवा चौधरी र परियारलाई संरक्षण गरेको आरोप छ । 

चितवनलगायतका जिल्लामा घुमुवा राखी घुस असुली गरेका गुनासा धेरै आएपछि आइजीपी प्रकाश अर्यालले केही महिनाअघि डीएसपीको कमाण्डमा छानबिनका लागि सिभिल टोली परिचालन गरेका थिए । त्यो टोलीले प्रतिवेदन दिइसकेको छ । टोलीले पूर्वको झापादेखि पश्चिमको नेपालगंजसम्म कार्यालय प्रमुखले राखेका बदनाम घुमुवाहरूसंग बयान लिने क्रममा दोषी देखिएपछि कारबाही र जागिरबाटै बर्खास्तसम्म गरेको छ ।

कतिपय १ नम्बर गणमा थन्किएका छन्  । तर चितवनका घुमुवा असई परियार र जवान मिथिलेश अद्यापि असुलीमै परिचालित छन् । उनीहरूलाई न  ३ नम्बर प्रदेश प्रहरीले न त हेडक्वाटरको आइजीपी सचिवालयले नै छानबिन गरेको छ । असुलीमा बदनाम यी घुमुवालाई आइजीपीकै संरक्षण त छैन आशंका गर्न थालिएको छ ।

यो आशंका गर्नु पनि स्वभाविक छ, किनकि वर्तमान आइजीपी प्रकाश अर्याल डीआइजी हुँदा मध्यक्षेत्रको प्रहरी प्रमुख हुँदा असई परियार र जवान चौधरीको सम्बन्ध सोझै उनीसंग भएकाले अहिले पनि उनीहरूमाथि कुनै कारबाही नभएको चर्चा प्रहरीभित्र हुने गरेको छ ।