🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुनसरीका ८ फार्ममा बर्डफ्लु पुष्टि

धरान (सुनसरी), ११ चैत : सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकाका छ वटा तथा दुहवी नगरपालिका र गढी गाउँपालिकाका एक/एक गरी जिल्लाका आठ वटा कृषि फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा सुनसरीका प्रमुख डा मनोजकुमार महतोले बताउनुभयो ।

उहाँका अनुसार इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा रहेका ११ हजार २० कुखुरा र ११ हजार ३०० अण्डा नष्ट गरिएको छ । यस्तै, गढी गाउँपालिका–५ को सञ्जित कृषि फार्ममा ४२१, इटहरी–११ को आलम कृषि फार्ममा ५५०, इटहरी–१८ को रानी कृषि फार्ममा एक हजार ९३० (लेयर्स र गिरिराज) तथा इटहरी–१७ को लक्ष्मी पोल्ट्री फार्ममा ५१० कुखुरा र ५२० अण्डा नष्ट गरिएको छ ।

यसैगरी, इटहरी–१९ को प्रभु कृषि फार्म, दुहवीस्थित सुनसरी कृषि फार्म र इटहरी–१८ को साझा ह्याचरीमा पनि सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण नियन्त्रणका लागि पक्षीजन्य वस्तुको आयातनिर्यातमा नियन्त्रण गरिएको र प्रभावित क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री वितरणमा रोक लगाइएको डा महतोले जानकारी दिनुभयो । हालसम्म फार्म सञ्चालकले बाह्य आयात नगरेको बताए पनि अण्डा तथा दाना ढुवानी गर्ने सवारीसाधनबाट सङ्क्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *