🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निर्वाचन आयोगको डेढ करोडको भवन एक वर्ष नपुग्दै चाल्नो

काठमाडौं । निर्वाचन आयोग, क्षेत्रीय निर्वाचन कार्यालय, मोरङले १ वर्षअघि बनाएको भवनमा भएको अनियमिता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदासीनता देखाएको भन्दै यसका प्रमुखले मिडिया गुहारेका छन् । निर्वाचन आयोग, क्षेत्रीय निर्वाचन कार्यालय, मोरङका प्रमुख प्रेमप्रसाद सञ्जेलले अख्तियारले भ्रष्टाचारमाथिको छानबिनमा उदासीनता देखाएको भन्दै अख्तियारलाई १ वर्षअघि लखेको गोप्य पत्र सार्वजनिक गर्दै सञ्चार माध्यम र नागरिक समाज गुहारेका हुन् ।

 
निर्वाचन आयोग, क्षेत्रीय निर्वाचन कार्यालय, मोरङले २०७३ भदौ ७ गते १ करोड ६३ लाख ३९ हजार ६ सय २७ रुपैयाँको लागतमा बनेको ३ तले भवनमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएको थियो । उजुरीमा निर्माण कार्य सम्पन्न भएको केही महिनामै घर चुहिएको भन्दै गुणस्तरमाथि प्रश्न उठाइएको थियो (हेर्नुस् अख्तियारमा दर्ता भएको गोप्य पत्र) । तर, क्षेत्रीय निर्वाचन कार्यालय, मोरङका प्रमुखले छानबिनमा उदासीनता देखाइएको भन्दै पत्र सार्वजनिक गरेका छन् । 

‘अति गोप्यपत्र फेसबुकमा राख्न मिल्छ र ?’ प्रमुख सञ्जेलले अख्तियारमा हालेको उजुरीको प्रतिलिपि फेसबुकमा सार्वजनिक गरेपछि झंक पराजुली जेपीले प्रश्न गरेका छन् । त्यसको जवाफमा सञ्जेलले भ्रष्टाचारको विषय गोप्य नहुने भन्दै भ्रष्टाचारीमाथि कारबाही नभएकाले आफूले पत्र सार्वजनिक गरेको जनाएका छन् । उनले भ्रष्टाचारजस्तो गम्भीर विषयमा अख्तियारले कारबाही गर्न उदासीनता देखाएको भन्दै सहयोग गर्न सबैसँग अपिल समेत गरेका छन् । 
(हेर्नुस २०७४ माघ १ गतेको साँघु साप्ताहिक)