काठमाडौँ, माघ १ गते। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को २०७४ पुस १ गते बसेको संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा पुस ३० गते बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
नेकपा (एमाले) का नेता सुवास नेम्वाङले मुख्यमन्त्री, प्रदेश सभा सभामुख र राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा बैठकमा छलफल भएको र त्यसबारे शीर्ष नेताहरूसँग छलफल गरी टुङ्गो लाग्ने राससलाई जानकारी दिएका छन् ।
राष्ट्रिय सभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि भन्दै एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
–––



