🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माओवादीले माग्यो दुई मुख्यमन्त्रीसहित चार प्रदेश सभाका सभामुख 

काठमाडौँ, माघ १ गते। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को   २०७४ पुस १ गते  बसेको संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । 

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा पुस ३० गते  बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् । 

नेकपा (एमाले) का नेता सुवास नेम्वाङले मुख्यमन्त्री, प्रदेश  सभा सभामुख र राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा बैठकमा छलफल भएको र त्यसबारे शीर्ष नेताहरूसँग छलफल गरी टुङ्गो लाग्ने राससलाई जानकारी दिएका छन्  । 

राष्ट्रिय सभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि भन्दै एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठन गरेका थिए । 
–––