🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एकता संयोजन समितिको बैठक बालकोटमा बस्दै

२५ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज अपरान्ह तीन बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्दैछ । निर्वाचनपछि संयोजन समितिको यो पहिलो बैठक हो।

बैठकले राजनीतिक-बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् ।

एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् ।

पार्टी एकता संयोजन समितिको बैठकअघि ओली र प्रचण्डले पटक-पटक भेटवार्ता गरेका थिए । गएको असोज १७ गते एमाले-माओवादीले तालमेल गरेर प्रदेश र प्रतिनिधिसभा चुनाव लड्ने र चुनावलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए । यो अप्रत्यासित निर्णय भएको तीन महिनापछि पहिलोपटक बस्न लागेको एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठकलाई चासोका साथ हेरिएको छ ।

दुबै दलका नेताहरुले पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढाउने तयारीसमेत गरेका छन् ।