🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मौसम पूर्वानुमानमा नयाँ उपलब्धि : चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

(260320) -- BEIJING, March 20, 2026 (Xinhua) -- This photo taken on March 20, 2026 shows a sunrise view near Dingdu Pavilion in Beijing, capital of China. (Photo by Zhong Yi/Xinhua)

बेइजिङ, ८ चैत (रासस/सिन्ह्वा) : चीन मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४सी’ उपग्रहबाट प्राप्त पहिलो अवलोकन तस्बिरहरू सार्वजनिक गरेको छ । यसले सूर्यदेखि पृथ्वीसम्मको वास्तविक–समय अनुगमन गर्ने चीनको स्वतन्त्र क्षमतालाई प्रदर्शन गरेको बताइएको छ ।

प्रशासनका एक अधिकारीका अनुसार उपग्रहमा जडित छ वटा उपकरणहरू सबै अन्तर्राष्ट्रिय स्तरका उन्नत प्रविधिमा आधारित छन् । सार्वजनिक गरिएका तस्बिरहरूले मौसम अनुगमन, वायुमण्डलीय अध्ययन, चट्याङ पत्ता लगाउने, आयनमण्डल अवलोकन तथा सौर गतिविधि निगरानीमा यसको व्यापक क्षमता देखाएका छन् ।

यी उपलब्धिले मौसम पूर्वानुमान सुधार र अन्तरिक्ष मौसमसम्बन्धी पूर्वसूचना प्रणालीलाई अझ सुदृढ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

गत वर्ष डिसेम्बर २७ मा सिचुआन प्रान्तस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको फेंग्युन–४सी हाल विश्वकै सबैभन्दा सक्षम भूस्थिर मौसम उपग्रहमध्ये एक मानिन्छ ।

यस उपग्रहले साना तथा मध्यम स्तरका मौसमी प्रणालीहरूको निगरानी र पूर्वचेतावनी क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ । साथै, अन्तरिक्ष मौसमका स्रोतहरूको अनुगमनमा पनि यसको भूमिका महत्वपूर्ण हुने र मौसमजन्य विपद् न्यूनीकरणमा अग्रपंक्तिको सुरक्षा प्रणालीका रूपमा काम गर्ने विश्वास गरिएको छ । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *