🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कथित ज्याेतिषकाे ग्याङ ठगी काण्डमा पक्राउ 

काठमाडौं ।  काठमाडौं बुढानलीलकण्ठ न.पा. वडा नं. २ चपली बस्ने जग्गा व्यवसायीसँग जग्गाको विषयमा अ.दु.अ. आयोगमा उजुरी परेको छ भनी अपराधिक लाभ लिन खोज्ने व्यक्तिहरू पक्राउ परेका छन् ।

अख्तियार दुरूपयाेग अनुसन्धान आयोगका  अनुसार,  मोवाइल फोनबाट सूचना कर्तालाई पटक-पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत भनी अख्तियारमा उजुरी परेको छ, अनुसन्धान प्रकृया अगाडि बढेको भनी जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुस् जस्ता एस.एम.एस. पठाउने, फोन गरी भेट्न बोलाई डर धाकधम्की देखाई बार्गेनिङ गरी रकम मिलाएको भन्ने सूचना एवं उजुरीका आधारमा आयोग तथा महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उक्त रकम लिन आएको अवस्थामा  पक्राउ परेका छन् । 

 पक्राउ पर्नेमा आफूलाई जोतिष भन्ने अर्जुन कुमार थापाक्षेत्री, विजय रावल, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भु प्रसाद रेग्मी, शंकर बिक्रम खड्का, श्याम सिंह थापा र विवेक पोखरेललाई काठमाडौं जिल्ला का.म.न.पा. गौरीघाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट २०७७ असार २५ गते नियन्त्रणमा लिई निजहरुलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरमा पठाइएको अख्तियारले जनाएकाे छ ।