🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिराहामा प्रहरीको घुमुवा आतंक

 हामी सानोतिनो ब्यवसाय गरेर सिराहा  जिल्लाको वडा नं.१९ माडरमा बस्दै आएका छौं । हाम्रो लत्ता कपडाको व्यवसाय भएकोले हामी भारतबाट सिराहाको खटोका भन्सारबाट भंसार शुल्क तिरेरै कपडाहरू आयात गर्ने गर्दछौं । तर,  वैध ब्यवसाय गर्दागर्दै पनि सशस्त्र प्हरीका घुस्याहा घुमुवा असई प्रवेश कुमार यादव र गोपाल तिमिल्सना सिरहा माडर खटोका भन्सारका इस्पेक्टर संजय रेग्मीले बारम्बार हामी ब्यवसायीसूग घुस माग्ने गरेको र घुस नदिएको खण्डमा ज्यान मार्ने धम्की समेत दिूदै आएको हुनाले यहाँका ब्यवसायीहरू आतंक भएका छौं । 

यी घुमुवा असई यादवको सरुवा भएपनि सशस्त्र सीमा सुरक्षा बलमा बस्दै मनपरी गर्दै आएको र घुमुवाको रुपमा व्यापारीसूग मासिक, साप्ताहिक, घुस असुल्ने गरेको सिराहा माडर नागमणि रेस्टुरेन्टमा गई मापसे सेवन गरी पेस्तोल देखाएर हामी व्यापारीसूग धम्काएर पैसा असुल्ने गरेका छन् । असई प्रवेश कुमार यादवले राजनीतिक पावर लगाउनुका साथै काठमाडौंका प्रहरी हेडक्वार्टरका हाकिमहरूको समेत पावर लगाएर घुस असुलीमा मस्त छन् ।  सिराहामै बस्दै आएका असई यादव ५ बर्षसम्म पनि सरुवा हुन सकेको छैन । ब्यवसायी र जनतालाई दुःख दिने यस्ता भ्रष्ट प्रहरीलाई सरुवा गरी कारवाही गरीपाउँ ।  

(२०७४ पुस १० गतेको साँघु साप्ताहिकबाट)        

                                                                                                –पीडित ब्यवसायीहरू