🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विनिशा शाहको शव नेपाल ल्याइँदै

काठमाडौँ, ९ पुस  : बंगलादेशको राजधानी ढाकास्थित पायोनियर डेन्टल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी विनिशा शाहको शव नेपाल ल्याइँदै छ । आवश्यक प्रक्रिया मिलाई शाहको शवलाई आजै नेपाल लैजाने व्यवस्था मिलाइएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

यही डिसेम्बर १९ मा शाहले आफ्नै कलेजको होस्टेलको सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेको र घटनालगत्तै राजदूतावासले घटनास्थलको वस्तुस्थिति अवलोकन गरी निजका आफन्तलाई फोनमार्फत जानकारी गराएको नेपाली राजदूतावासले आज विज्ञप्तिमार्फत जनाएको छ ।

साथै घटनाका सम्बन्धमा मृतकका परिवारमा परेको पीडा र असहज परिस्थितिमा अनावश्यक अफवाह फैलने गरी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रचारबाजी भएकोप्रति राजदूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस दुःखद घटनाप्रति संवेदनशीलतापूर्वक तथ्यगत जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न दूतावासले सबैलाई अनुरोध गरेको छ ।

घटनाको छानबिन तथा शव नेपाल लैजाने प्रक्रियामा बंगलादेश प्रहरी, कलेज प्रशासनलगायत सबैको सकारात्मक सहयोग प्राप्त भएको दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतकका दाजु नरेन्द्र शाह घटना घटेकै दोस्रो दिन ढाका पुगेको र घटना भएकै दिन प्रहरी मुचुल्का गरी बंगलादेशको ढाका मेडिकल कलेजमा मृतकको शव परीक्षण गरिएको थियो । घटनाको थप छानबिनका लागि ढाका महानगरीय प्रहरीमा उजुरीसमेत गरिसकिएको र यी हरेक प्रक्रियामा निजका दाजुसहित नेपाली राजदूतावास संलग्न रहेको जनाएको छ । (रासस)
–––