🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संयुक्त राष्ट्रसङ्घको इन्टरनेट गभर्नेन्स फोरमको सदस्यमा खनाल 

काठमाडौँ, ११ मङ्सिर (रासस) : संयुक्त राष्ट्रसङ्घको इन्टरनेट गभर्नेन्स फोरममा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल पुनः नियुक्त हुनुभएको छ । संयुक्त राष्ट्रसङ्घको इन्टरेनट गभर्नेन्स फोरम (आइजीएफ)ले आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा खनाललाई पुनः नियुक्त गरेको हो । खनाललाई संयुक्त राष्ट्रसङ्घका महासचिवले सन् २०२० को लागि सदस्यमा नियुक्त गर्नुभएको हो । 
    

    आइजीएफ संयुक्त राष्ट्रसङ्घको सूचना प्रविधिसम्बन्धी हेर्ने निकाय हो जसले इन्टरनेट प्रयोगका विषयमा नीतिगत बहस चलाउँदै आएको छ । आइजीएफले इन्टरनेट प्राविधिक, व्यावसायिक, सामाजिक प्रशासनिक विकासको सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी इन्टरनेट विकास र प्रवद्र्धन तथा साइबर सेक्युरिटी लगायतमा काम गर्दै आएको छ । 

    
    यसअघि खनाल विश्व दूरसञ्चार सङ्घको स्टडी ग्रुपको उपाध्यक्षमा दुई कार्यकाल निर्वाचित भइसक्नुभएको थियो । उहाँलाई सन् २०१४ मा दुबईमा सम्पन्न महासभाले २०१४ देखि २०१७ सम्मका लागि सोही पदमा निर्वाचित गरेको थियो । सङ्घका एशिया प्रशान्त क्षेत्रका ३८ मुलुकका विज्ञमध्येबाट नेपाल र कोरियाले मात्रै प्रतिनिनिधित्व गर्ने अवसर पाएका छन् । 
–––