🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्रम्पको र्‍याली नजिकै दुई ब न्दुक र नक्कली राहदानीसहित एक व्यक्ति प क्राउ

काठमाडौँ । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन् ।

शनिबार क्यालिफोर्नियाको कोचेलामा डोनाल्ड ट्रम्पको र्‍याली नजिकै एक व्यक्तिलाई पक्राउ गरिएको हो । ती व्यक्तिको साथबाट एक थान पेस्तोल, पेस्तोल र नक्कली राहदानी बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ४९ वर्षीय वेम मिलरका रूपमा पक्राउ परेका छन् । कालो रंगको एसयूभी चलाउँदै गर्दा सुरक्षाकर्मीले उनलाई सुरक्षा चौकी नजिकै रोकेका थिए ।

रिभरसाइड काउन्टी प्रहरी कार्यालयले मिलरलाई हिरासतमा लिइएको जनाएको छ । मिलरलाई लोडेड बन्दुक र उच्च क्षमताको गोलाबारुद राखेको अभियोग लगाइएको छ ।

अमेरिकी गुप्तचर सेवाले डोनाल्ड ट्रम्पको सुरक्षामा कुनै खतरा नरहेको बताएको छ । स्थानीय प्रहरीले पक्राउ परेका अभियुक्तलाई ‘मानसिक सन्तुलन’ नभएको बताएको छ । प्रहरी कार्यालयका अनुसार यो घटनाले ट्रम्पको सुरक्षा वा र्‍यालीमा उनको उपस्थितिमा कुनै फरक परेको छैन ।