🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्थात जेमन्त : शरदराज गौतम

सडक राजमार्गहरुमा केही बिब्ल्याँटो मोडहरु बनेका छन् । 
जसको लाजगाल छोप्न सडक सम्बद्ध अधिकारीहरुले
एउटा गजबको अचुक मानिने उपाय खोजी निकालेका छन् ।
सूचना बोर्ड झुण्ड्याई दिने, ‘दुर्घटनाग्रस्त क्षेत्र’ भनेर ।
सडक सम्बद्ध पदाधिकारीको भाषा विद्वताप्रति प्रश्न उठाउन पाईन्न ।
किनकि तिनले पढे र जानेको नै त्यत्ति हो ।
सरल भाषाभा बुझ्दा, 
सवारी चालकलाई होसियार बनाउन यस्तो गरिएको हुनु पर्दछ ।
भलै, सवारी चालकहरुमा त्यसको प्रभाव 
एक फाँको मुस्कान बाहेक अर्थोक हुन्न ।
सडकमा प्वाल वा भ्वाँङ भएर होइ्रन 
न त इञ्जिनियरिङ बिग्रिएर नै हो ।
नेपालको शासन प्रणालीमा आविष्कार भएको 
एउटा सजिलो प्रचलन हुन सक्छ, अज्ञात कारण । 
भौतिक विज्ञानका सारा सार्वभौम विधि र प्रयोग
हाम्रा सडकहरुमा आएर स्खलित हुन पुग्दछन् ।
तर, कोही पनि यसलाई स्वीकारेर सच्याउन राजी छैनन् ।
दुर्घटना ग्रस्त क्षेत्रको सूचना बोर्ड टाँग्ने विधि
मुलुकको शासन प्रणालीमा जब जोडिएर दोभान हुन्छ ।
भन्नु पर्ने हुन्छ,
अज्ञात कारण यहाँ पनि छन् ।
सरकारका सारा संयत्र मौसम पूर्वानुमान विभागको भाषा बुझ्दैनन् ।
सरकारी संयत्र चलाउने राजनैतिक पद्धति 
केबल प्रतिरक्षा गर्नुमा साँंघुरिएर
संविधान संरक्षित मुलुकवासीलाई सुरक्षित गराएको ठान्दछ ।
मुसलधारे पानी, बाढी र पहिरो प्राकृतिक हुन सक्छ
तर, तिनीहरु प्रति देखाउनु पर्ने संवेदनशिलता पातलो हुनु 
शासन प्रणालीको अक्षम्य चुक हो ।
पिएमओको बहु प्रचारित ‘वार रुम’
केबल उडन्ते लहडी विषयको प्रचार अस्त्र मात्रै हो भनेर
बुझ्न गाह्रो छैन ।
लुट्न सके लुट, काञ्छा
अरु देशमा पाइँदैन, नेपाल मै हो लुट ।
वार रुम मुलुक युद्धमा सामेल भएको बेला
पिएमओमा खडा गरिएको संयत्र हुन्छ ।
तर, हाम्रोमा जेरोक्स गरिएको पिएमको प्रतिष्ठापन
भद्दा मजाक मात्रै हो, अर्थोक होइन ।
सबलाई ज्ञात भएको विषय हो, युद्ध हुँदा पनि हुन्न 
भइ हाले पनि अर्को सुगौली हुन सक्तैन ।
हामी आफू केन्द्रित भएर सम्बाद चलाउन तयार नै भएनौ ।
वेष्ट मिनिष्ट्रेरियल प्रधानमन्त्री पद्धतिमा चलेको प्रणालीमा 
बाढी र पहिरो प्रभावितप्रति पिएमओले देखाएको दया
सडक अधिकारीले दुर्घटनाग्रस्त क्षेत्रको बोर्ड झुण्ड्याएर
आप्mनो असक्षमता ढाकेको जस्तो मात्रै हो ।
मुलुकमा अप्रत्यासित चलेको बाढी र पहिरो प्रकोपलाई झेल्न
साधन र श्रोत अपुग भएको सम्म बुझ्न सकिन्छ ।
तर, आप्mना मातहतका निकायलाई समेत
आग्रह र मलुवा निर्देशन दिएर टारेका देख्दा
वार रुम रकम कलम नमिलेर चमेना गृह पसेको कर्मचारीको
साउनीसित जिस्किने थलो जस्तो देखिन पुगेको छ ।
मुलकुरा,
मुलुकमा उत्पन्न कहरहरुमा देखाइने दोगलापनले
अरु कसैलाई पनि होइन,
राजनैतिक प्रणाली र स्वयम् राजनीतिकर्मीहरुलाई
खेद्न प्रेरित गरिरहेको देखिन्छ ।
‘पिएमओको वार रुम संयत्र’
मुलुकमा चुस्त र दुरुस्त प्रभाव निकाल्न खडा गरिएकै थिएन
त्यो केबल बुढा बा’को कुकर्म लुकाउन बनाइएको तोपखाना थियो ।
गीत ठिकै थियो 
लुट्न सके लुट काञ्छा
अरु देशमा पाइँदैन, नेपालमा मात्रै हो, लुट । (साँघु साप्ताहिक, २०८१ असोज २२–२८)