🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेकपा र  सर्बोच्च अदालत : न्याय खरिद विक्रीको अखडाबाट मुक्त राख्न यसो गरौँ  

भावी प्रधान न्यायाधीशका रुपमा प्रस्तुत गरिएका  सर्बोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदीय सुनवाई समितिमा नौ वटा उजुरी परेका छन्।   नेपालको न्यायपालिकाको नेतृत्व लोकतन्त्र विरोधीको हातमा जाने खतरा बढेको छ  । सुशासनका लागि न्यायपालिकाको नेतृत्व शुद्ध हुनुपर्ने हो  । तर, लोकतन्त्र र सुशासनका विरोधीलाई न्यायपालिकाको नेतृत्वमा पु¥याइएमा नेपाल कम्युनिष्ट पार्टीको सरकारको लागि घातक सावित हुन सक्छ । सुशासन मुख्य एजेन्डा बनाएको नेकपाको सरकारले न्यायालयमा सेटिङ र बेन्च सपिङका डिजाइनरलाई नेतृत्व दिएपछि कसरी सफल हुन्छ ? भन्ने प्रश्न ब्यापक रुपमा उठेको छ। यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ। न्यायपालिकाको नेतृत्व सही नभए नेकपाको सरकारको सुशासनको कुरा कोरा कल्पनामात्र हुनेछ ।

नेकपाको सरकारमा न्यायपालिकाको गरिमा बचाउने चेत नपलाएमा नेपालको विश्वनाथ उपाध्यायपछि चोलेन्द्रशमशेर राणा सबैभन्दा लामो कार्यकालको लागि सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त हुुँदैछन् । चोलेन्द्रशमशेर त्यस्ता  न्यायाधीश हुन्, जसलाई तत्कालीन नेपाली कांग्रेसका प्रधानमन्त्री सुशील कोइराला र कानून मन्त्री नरहरि आचार्यले सर्वोच्चको न्यायाधीश नियुक्त गर्दा संसदीय विशेष सुनुवाई विशेष समितिमा तत्कालीन एमाले र माओवादी(हाल नेकपा)ले विपक्षमा मतदान गरेका थिए । राणासँगै न्यायाधीश नियुक्त भएका गोपाल पराजुलीलाई स्वीकार गरेको नेकपाले राणालाई अस्वीकृत गरेको थियो । तर सुनुवाईबाट अस्वीकृत गर्ने प्रावधान नभएकाले बहुमतले उनको विपक्षमा मतदान गर्दा पनि उनी न्यायाधीश नियुक्त भएका थिए । उनको न्यायाधीश नियुक्ति नै बार्गेनिङबाट भएको र आचरण पनि साह्रै खराब भएकाले उनलाई न्यायाधीशमा नेकपाले अस्वीकृत गरेको थियो । तर आज तिनै राणालाई नेकपाले बोक्दैछ । यिनलाई नेकपाले बोक्नुको कारण सुशीला कार्कीको हकमा संविधान बाहिर गई अन्तरिम आदेश जारी गर्नुलाई लिइएको छ । यहाँ ख्याल गर्नुपर्ने कुरा के हो भने त्यो अन्तरिम आदेश नेकपाको लागि नभई सर्वोच्चका न्यायाधीशको जागिर जोगाउनका लागि जारी भएको थियो । हालसम्म महाभियोग दर्ताको उद्देश्य लोकमानसिंह कार्की प्रवृत्तिका संवैधानिक पदाधिकारीलाई रोक्नु रहेको थियो । तर चोलेन्द्रशमशेरको आदेशमा नेकपाले थप्पडी बजाउँदै संसदीय सर्वाेच्चताको धज्जी उडेको चाल पाएन । 

चोलेन्द्रशमशेरलाई देवत्वकरण गर्नुको दोस्रो आधारको रुपमा गोपाल पराजुलीले गोविन्द केसी र कान्तिपुर विरुद्ध आदेश गर्न खोजेका थिए । चोलेन्द्रले दिनभर सुनुवाइ गरी कान्तिपुर विरुद्ध आदेश गर्ने छाँट देखाएका थिए । त्यही रात ब्यापारी उपेन्द्र महतोको नेतृत्वमा कान्तिपुरका धिरज श्रेष्ठले चोलेन्द्रलाई करोडौं रुपैयाँ नजराना बुझाएपछि दोस्रो दिन कान्तिपुरका तर्फबाट मस्यौदा भएको कागज इजलासमा एक बरिष्ठ अधिवक्ताको अनुरोधमा सुनाएका थिए । आज गोविन्द केसी सधैं नयाँ नयाँ फन्डा निकालेर अनसन बस्न थालेका छन् । फेरि निर्मला पन्तको बलात्कारपछि भएको हत्याका हत्याराहरुको खोजीका लागि उनी अनसन बस्न कन्चनपुरतिर गइसकेका छन् । चिकित्सा क्षेत्रसँग सरोकार नराख्ने यस्ता मागमा विदेशी शक्तिको उक्साहटमा लागेर केसी अनसन बस्न कुदेका छन् । 

सर्वोच्चबाट संजाय भएको भए ठीक उल्टो हुन्थ्यो । यदि सर्वोच्चबाट आदेश भएको भए सरकारी कर्मचारी भएर केसीले फेरि फेरि आफूसँग सरोकार नभएका यस्ता मागमा विदेशी उक्साहटमा अनसन बस्दैनथे कि ? त्यसैले नेकपाले विचार गर्नुपर्ने कुरा के हो भने पराजुलीविरुद्ध चोलेन्द्रले गरेको आदेशले उनलाई मात्र फाइदा भएको छ । देश र जनतालाई फाइदा भएको छैन । केसी प्रकरण नै यसको ज्वलन्त उदाहरण हो । 

चोलेन्द्रको चरित्रतर्फ लागौं, उनी विद्यार्थी जीवनमा मण्डले समर्थक थिए । त्यसको पुष्टी नेपाल ट्रष्टको नाममा आइसकेको स्व. राजा वीरेन्द्र शाहको छाउनीको १५ रोपनी १ आना जग्गा पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाको दाइजो हो भनेर गरेको फैसलालाई नै लिन सकिन्छ । ज्ञानेन्द्र शाहको नाममा भएको भए प्रेरणाको दाइजो भन्नु स्वभाविक हुन्थ्यो, तर वीरेन्द्रको नामबाट नेपाल ट्रष्टमा आएको जग्गालाई चोलेन्द्रले कानूनको कुन दफामा टेकेर दाइजो भनी फैसला गरे ?

अरबौं मूल्यको यो जग्गा दाइजो बनाउन उनले कति रकम लिए ? पछि उक्त जग्गा सरकारकै नाममा कायम हुने फैसला सुशीला कार्की, दीपककुमार कार्की र सपना मल्ल प्रधानले गरेका थिए । उनले संवैधानिक इजलासमा रहेको क्यासिनोको मुद्दामा जबर्जस्ती यता ल्याएर नियमावली खारेज गर्दा गरेको करोडौंको लेनेदेन पनि अर्को ज्वलन्त उदाहरण हो । उच्चदेखि विशेष अदालतमा हुँदा उनले गरेका फैसलाको विवाद सम्बन्धी उजुरीहरु पनि संसदीय समितिमा परेका छन्  ।   

न्यायाधीश  चोलेन्द्र शम्सेर सर्वोच्च अदालतमा न्यायाधीश हुनेबेलामा शेरबहादुर देउवाको सालो नाता देखाएर खाँटी कांग्रेस बनी नियुक्त भए । तर सुशीला कार्की प्रकरणमा तिनै शेरबहादुरलाई उनले धोका दिए । कान्तिपुरविरुद्ध कारबाही गर्नुपर्छ भनी गोपाल पराजुलीलाई निरन्तर उकासे, पछि तिनै पराजुलीलाई धोका दिए । १ बर्षसम्म स्थिर सरकार चल्न नसक्ने देशमा ४ बर्ष न्यायपालिकाको नेतृत्व यस्ता विवादसपद चरित्रका ब्यक्तिलाई प्रधान न्यायाधीश  दिने हो भने भोलि नेकपाले ठूलो धोका खान सक्छ । चोलेन्द्रका विगतका क्रियाकलापका आधारमा भन्नुपर्दा नेकपाको सरकार न्यायपालिकाको नेतृत्वकै कारण बदनामको भारी बोक्नुपर्ने अवस्था निम्त्याउँदैछ । चोलेन्द्र शम्सेर जस्ता विवादास्पद व्यक्तिलाई नियुक्ति गर्नुअघि नै सचेत नभए पश्चाताप गर्ने सिबाय सच्याउने ठाउँ रहने छैन। 

नेकपा किन अन्धो बन्दैछ  ? 

नेकपामा न्याय क्षेत्रको जिम्मा सुवास नेम्वाङ र अग्नि खरेलले पाएका छन् । माओवादी केन्द्र एक भए पनि प्रधानमन्त्री केपी ओलीले यिनै दुईको सल्लाहमा  चल्ने  गरेका छन् । नेम्वाङको ब्यापारी उपेन्द्र महतोसँग निकै कसिलो साँठगाँठ रहेको   चर्चा पनि छ  । महतो रसियाबाट खेदिएका ब्यापारी हुन् । रसियामा आश्रय दिएको देशविरुद्ध त्यहाँको प्रशासनलाई दुरुपयोग गरेपछि उनी खेदिएका हुन् । नेपालमा पनि कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकामध्ये न्यायपालिका जस्तो गम्भीर स्तम्भलाई एकछत्र रुपमा ४ बर्षसम्म दुरुपयोग गर्नु महतोको उद्देश्य रहेको हुन् सक्छ  । सुवास नेम्वाङ महतो सरक्षक रहेको  भन्नेहरु पनि छन् । यो समूहले चोेलेन्द्र शम्सेरलाई अगाडि सारेर आफ्नो स्वार्थ पूरा गर्ने योजना रहेको  टिप्पणी पनि गरिदैछ । 

 नेकपाका केही स्वार्थी नेता र सांसदको खतरनाक योजनामा नेकपा नेतृत्व गम्भीर नभए ४ बर्षमा न्यायपालिकाको अस्मितामाथि त पूरा नहुनेगरी प्रहार हुने निश्चित छ, चोलेन्द्र शम्सेरलाई न्यायपालिकाको शीर्षासनमा पु¥ष्याउने नेकपाप्रति पनि जनतामा बितृष्णा पैदा हुनेछ । 
न्यायालयका कुँडाकर्कट सफा गर्न, स्वच्छ, स्वस्थ वातावरण रहेको न्यायालय खादा गर्न बरु विकल्प खोजौ, दुइतिहाई सरकारले संबिधान संशोधन गरेर राष्ट्र र जना हितमा काम गर्न सक्छ।  यसतर्फ बेलै सोचौ, सर्बोच्च अदालतलाई न्याय खरिद विक्रीको अखडाबाट मुक्त राख्न आजैबाट लागौं।