लेनदेन गर्दै सरूवाको तयारी ?
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यतिखेर ठूलै संख्यामा सहसचिवहरुको सरूवाको सूची तयारी गरिरहेको समाचार छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उपलव्ध गराएको सूची अनुसार नै सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, निकाय र विभागहरूमा कार्यरत सहसचिहरुको सरुवाको तयारी अगाडि बढाएको स्रोतले जानकारी दिएको छ । साथै ठुलो संख्यामा दुई वर्ष एकै निकायमा रहेर काम गरिरहेका कर्मचारीहरूको सरूवा गर्ने योजना मन्त्रालयको रहेको बुझिएको छ ।
भन्सार, आन्तरिक राजस्व, लेखा, जिल्ला प्रशासन, शहरी विकास, डिभिजन सडक, सडक आयोजना, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयमा सरुवाको लागि कर्मचारीहरुले रकम खर्च गरेर पनि जान तयार देखिएका छन । सिंचाई आयोजना, कार्यालय, डिभिजन खानेपानी कार्यालय, त्रिभुवन विमानस्थल अध्यागमन जस्ता आकर्षक र अतिरिक्त आम्दानी हुने कार्यालयहरूमा सरूवाका लागि यतिखेर मन्त्री, सचिव, कर्मचारी प्रशासन महाशाखा प्रमुखसँग हारगुहार गर्दै आएका छन् ।
त्यसका लागि कर्मचारीहरूले मन्त्रीहरु निकट बिचौलियाहरू प्रयोग गरी नासु, शाखा अधिकृत, इन्जिनीयर, उपसचिव, सिडिईहरूको सरूवा गर्न मोटो रकम दररेट तोकेर सरूवाको व्यापक चलखेल गरिरहेको समाचार स्रोतले जानकारी दिएको छ । यस्तै, मन्त्रालय र विभागले गर्ने आन्तरिक सरुवामा पनि कर्मचारी संगठनको दवावको आधारमा कर्मचारी सरुवामा दवाव पर्ने गरेको छ । मन्त्री, सचिव र विभागका महानिर्देशकहरुले आवश्यकताको आधारमा भन्दा पनि टे«ड युनियनका नेताहरुको दवावमा कर्मचारी सरुवा गर्नुपर्ने बाध्यता आइलागेको गुनासो गर्ने गरेका छन् । (साँघु साप्ताहिक, २०८१ भदौ २४)

प्रतिकृया दिनुहोस