मास्टर मित्रसेनको १३०औं स्मृति दिवस ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो...!’
हालै नेपाल प्रज्ञा प्रतिस्थान तथा मास्टर मित्रसेन स्मृति प्रतिष्ठाको सह आयोजनामा आयोजित मास्टर मित्रसेनको १३०आंै जन्मजयन्तीमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले जनजाति स्रस्टा मास्टर मित्रसेन बारे प्राज्ञिक बहस, छलफल हुनु पर्ने बताए । सो अवसरमा मास्टर मित्र सेन थापा (सिंजाली मगर) बारे मास्टर मित्रसेन प्रतिष्ठानका उपाध्यक्ष गायत्री राणा मगरले मित्रसेन बारे प्रस्तुति दिइएको थियो ।
अर्का प्रस्तोताले उनको हुलाक टिकट नेपाल र भारतमा चलन चल्तीमा आएको, भारतको ८ ठाउँमा शालिक रहेको, नेपालमा २ ठाउँमा रहेकोमा प्रज्ञा प्रतिष्ठानमा समेत रहनु पर्नेमा जोड दिएका थिए ।
बुटवल र तानसेन बारे मित्रसेन, लेख्छन्
....बटौलीको बजारमा सुकाधार्नी मासु
तिम्रो छोरी मैले लगे टिकालाई देउ सासु
बटौलीको बजारैमा लाहा छ कि, साहिला लाहा छ कि छैन
पिरतीले नेटो काट्यो थाहा छ कि छैन साहिला
.....तानसेन बजार कस्तो छ भनौ त तानसेन कस्तो छ ?
भन्नुहोस् न ।
....बीच बजारमा आठ कुने ढोका
तानसेनको शीतलपाटी
सम्झिदा झल्किन्छ छाती नि झर झर ......
(स्रोतः नेपाली संगीतका भानुभक्त मास्टर मित्रसेन थापा )
छलफको क्रममा सो प्रतिष्ठानका अध्यक्ष मगरसँगका अध्यक्षले समेत मन्तब्य राखेका थिए । मन्तव्यको क्रममाः मित्रसेन साधारण गायक मात्र होइन प्राज्ञ समेत भएको र देवकोटा हलमा छलफल भै सकेपछि उनको यो कामको मूल्यांकनको निरन्तरता हुनुपर्ने, लाहुरेको रेलीमाई ... भन्ने बोलको गीत समेत गाईएको थियो ।
मास्टर मित्रसेन थापा मगर (१८९५ –१९४६ ) निस्सन्देह भारतीय गोर्खाली र नेपाली जनताको र प्रदर्शन कला मास्टर÷आइकन थिए । भारतको हिमाञ्चल प्रदेशको काँगडास्थित भाग्सु छाउनी धारा खोलानेरको धर्मशालामा उनको जन्म भएको हो । त्यतिबेला लेखक र संगीतकार बोलाइने भएकाले उनलाई मास्टर भनिन्थ्यो । थापाले कक्षा ८ सम्म उर्दू र हिन्दी माध्यममा पढेका थिए । सानै उमेरमा उनले संगीत पनि सिके ।
मित्रसेनलाई ‘मास्टर’ उपाधि उनका प्रशंसकद्वारा दिइएको हो, लोकले अर्पण गरेको श्रीपेच हो, न कि त्यो सरकार वा संस्थाले पहिराइदिएको पगरी थियो । जनताले चढाएको उपहार जहिले पनि अमर रहन्छ । उनले नाटक, कथा लेखन र नाटक प्रस्तुतिका माध्यमबाट सामाजिक सन्देश प्रवाह गर्न आफूलाई समर्पित गर्दै सेनाबाट राजीनामा दिए । सामाजिक सुधार र धर्मको प्रसार अर्को चौबिस वर्षको लागि उनको मिशन बन्यो । थापाले गोर्खाली समाजमा अत्याधिक जीवनयापन र मदिरापान जस्ता कमजोरीहरूबारे चेतना फैलाए ।
उनले महिला उत्थान, उच्च सोच र सादा जीवनको महत्वबारे लेखेका छन् । उनले नेपाली जनताले आफ्नो दैनिक जीवनमा बुझ्न र आत्मसात गर्नका लागि बुद्धवाणी, भगवद्गीता र महाभारत जस्ता पुस्तकहरूमा आध्यात्मिक मार्गदर्शिकाहरूको शिक्षाको बारेमा नेपालीमा लेखेका छन् ।
उनले समुदायमा फैलाएको आत्मसम्मान र देशभक्तिले मलाई दोस्रो विश्वयुद्धको समयमा भारतीय राष्ट्रिय सेनामा भर्ना हुने गोर्खा सेनामा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । मित्रसेनका लोकप्रिय गीतहरू उनकै स्वरमा कलकत्ताको ग्रामोफोन डिस्कमा रेकर्ड गरियो ।
१) मलाई खुक्रुकै पा¥यो जेठान तिम्रो बहिनीले...।
२) धानको बाला झुल्यो हजुर देशै रमाइलो ....।
३) लाहुरेको रेलीमा फेशन रामरो (भारतीय गोर्खा ब्रिगेड र ब्रिटिस रोयल गोर्खा राइफल्सले प्रस्तुत गर्ने हिज्जे र परम्परागत खुकुरी नृत्यका लागि धेरै लोकप्रिय)।
४) अब त जाउ कान्छी घर, बाटो छ उकालो... हाम्रो ।
५) भन गोर्खाली दाजुभाइ जय गोर्खाली ।
६) स्वामी न जाओ छोडी विदेश ।
७) किन गर्छौं तानातानी दुई दिनको छ जिन्दगानी ।
८) चुइँचुइँ चुँकिने जुत्ता ।
९) छत्रे टोपी ढल्काई ढल्काई खुकुरी चमकाई । आदि प्रसिद्ध गीत थिए ।
उनको बारेमा आठ पुस्तक र सोधकार्य समेत प्रकाशित भएको छ । आगामी दिनमा उनको कार्यको बढी खोज हुने अपेक्षा गरौं ।
साङ्गीतिक इतिहास केलाउने हो भने मास्टर मित्रसेन त्यस्ता व्यक्ति थिए, जसले आजभन्दा एकसय वर्षअघि नेपाली गीत गाएर अत्यधिक चर्चा बटुलेका थिए । ‘त्यसबेला आधुनिक र परिष्कृत सङ्गीतको विकास भइसकेको थिएन, त्यसैले मित्रसेनका गीत सबैको मुखमा झुन्डिने लोकगीतजस्ता भएका थिए । ‘मित्रसेनको योगदान साँच्चै लोभलाग्दो भएको संगीतकर्मीहरु बताउने गर्छन् ।’
‘मलाई खुत्रुक्कै पा¥यो जेठान तिम्रो बहिनीले’, ‘लाहुरेको रेलीमाई फेसनै राम्रो’, ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’, ‘किन गर्छांै तानातानी दुई दिनको छ जिन्दगानी’, ‘अब त जाऊँ कान्छी घर बाटो छ, उकाली–ओराली’, ‘नजाऊ छाडी विदेश’, ‘चुइँचुइँ चुइँकिने जुत्ता’ जस्ता झ्याउरे लयका गीत अजर र अमर बनेका छन् । त्यतिबेलै मास्टर मित्रसेनले ग्रामोफोनमा रेकर्ड गराएका यी गीत आजसम्म पनि सदावहार छन् ।
इतिहास को सरसरी समीक्षा गर्दा मास्टर मित्रसेनले जति बेला एउटा फूलको कोपिलाझैँ स्वच्छ जीवन बाँच्न चाहे, त्यतिखेर उनको घरसंसारमा आगो लाग्न आँटेको थियो भनिन्छ । उनी सेनाजस्तो कठोर जीवन छाडेर नौनीघ्यूजस्तो जिन्दगी बिताउन घरमा आउँदा त्यहाँ एउटा राक्षसी नियति पस्नपस्न आँटेको थियो । एउटा सुन्दर र शान्त पारिवारिक जीवन धान्न अनेक कसरत गरी सेनाबाट छुट्टिएर स्वर्ग जस्तो घर आउँदा त्यहाँ एकैचोटी उनको जीवन इँटाभट्टीको भत्भत् पोल्ने रापमा पसेसरी हुन आँटेको थियो ।
सार्बजनिक भएका बस्तुस्थिति अनुसार उनी सेनाबाट फर्केको चार वर्ष बित्तानबित्तै उनकी श्रीमती र तीनजना सन्तानलाई हैजाले लग्यो । त्यस अकल्पनीय र अप्रिय घटनाले उनी रित्तो भए, उनी एक्लो भए र उनी परिवारविहीन भए । त्यतिबेला उनी धुरुधुरु रोए । त्यो अकल्पनीय घटनाले उनी आफ्नी बूढी आमा राधा थापाको काखमा टाउको राखेर डाँको छाडेर रुन्थे ।
आमाछोरा मात्रको संसारले मित्रसेनको घर उज्यालो हुन सकेन । त्यस घडी घरमा आमा र छोरा मात्र धुम्धुम्ती बस्ने गर्थे । मित्रसेनले बैरागी जीवन भोगिरहेको बेहोरा उनका परिचितहरूका आँखाबाट पनि लुक्न सकेन । त्यसैले उनकी आमा र आफन्तहरूको ढिपी र करबलले मित्रसेनले फेरि ३० वर्षको उमेरमा बिहे गरे । त्यतिखेर उनकी दोस्रो पत्नी लाजवन्ती बिस वर्षकी थिइन् ।
मित्रसेन साहित्य र सङ्गीतलाई एउटा संस्थागत स्वरूप दिएर जनसहभागिता जुटाउन पनि क्रियाशील थिए ।
परिणामस्वरूप उनकै नेतृत्वमा ‘हिमालयन थियट्रिकल कम्पनी’को पनि स्थापना भयो । त्यस संस्थामा उनीद्वारा लिखित र निर्देशित धेरै नाटकहरू पनि प्ररदर्शन भए । यसै कम्पनीमार्फत उनले अनगिन्ती नेपाली गीतहरू पनि गाए । त्यसै बेलाको ख्याति पनि जोडिएर सबैले उनलाई मास्टर भन्न थाले । केही वर्षसम्म गीतसङ्गीतमा क्रियाशील भएपछि उनी नेपालीहरू भएका भारतका अन्य ठाउँमा पनि गए ।
सन् १९४४ सेप्टेम्बरमा बराल मण्डलीसहित मित्रसेन अन्तिमपटक आमा, पत्नी र छोरासाथ पाल्पा आएको देखिन्छ । यसपटक मित्रसेन रिडीको कालीगण्डकीमा सपरिवार स्नान गरी भारतको नौतनवा फर्किने कार्यक्रम थियो । तर, एक्कासी बिरामी परेको कारण फर्किन सकेनन् । नेपालबाट फर्किने बेलामा मित्रसेनको स्वास्थ्य प्रतिकूल बन्दै गयो । सन् १९४६ मार्चमा उनी धर्मशाला फर्के । विक्रम सम्वत २००२ सालमा नेपाली गीतसङ्गीतका एक वरिष्ठ संवाहक मास्टर मित्रसेन थापालाई हामीले गुमायौं । (साँघु साप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस