बाढीको वितण्डा : पीडितले अझै पाएनन् राहत
काभ्रेपलाञ्चोक । ०८१ असोज १०, ११ र १२ गते परेको अविरल वर्षातपछि आएको बाढी पहिरोका कारण काभ्रे जिल्लाको क्षतिको प्रारम्भिक विवरण तीन महिनामा बल्ल सार्वजनिक गरिएको छ । जिल्लास्थित शहरी विकास तथा भवन कार्यालयले ३ हजार तीन सय २८ निजी आवासमा क्षति पुगेको जनाएको छ । त्यस्तै, १२ सरकारी भवन पूर्णरूपमा तथा एक सय ३५ वटामा आंशिक क्षति पुगेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आठ सार्वजनिक भवनमा पूर्णक्षति भएको छ । एक सय ३४ वटामा आंशिक क्षति पुगेको कार्यालयको भनाई रहेको छ ।
जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी बेथानचोक तथा सबैभन्दा कम क्षति महाभारत गाउँपालिकामा देखिएको छ । बेथानचोकमा ६ सय २९, नमोबुद्ध नगरपालिकामा ४ सय ८९, रोशी गाउँपालिकामा ३ सय ५० र तेमालमा ४ सय ३९ घर पूर्ण रुपमा क्षति भएको कार्यालयले जनाएको छ । सो कार्यालयले दिएको जानकारी अनुसार कूल क्षति पुगेको निजी आवासमध्ये दुई हजार ५ सय ७७ घर पूर्णरुपमा क्षति भएको छ । यीमध्ये ७ सय ५१ घरमा आंशिक क्षति पुगेको बताइन्छ । जिल्लाका विभिन्न स्थानका ६८ घरपरिवारलाई बस्ती स्थानान्तरणका लागि सिफारिस गरिएको छ । पनौतीमा ५९ र मण्डनदेउपुर नगरपालिकामा ८४ वटा घर पूर्ण रुपमा क्षति भएको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै बेथानचोक गाउँपालिकामा १५ सय २०, नमोबुद्ध नगरपालिकामा ११ सय २४ र रोशी गाउँपालिकामा ७ सय १०, तेमालमा ५ सय ३४, चौरीदेउराली गाउँपालिकामा ३ सय ७, भुम्लु गाउँपालिकामा ८४ वटा घरमा आंशिक क्षति पुगेको बताइएको छ । धुलिखेलमा ५ सय ७२, पाँचखालमा ४ सय २४, खानीखोलामा ५६, महाभारतमा १०, बनेपामा ७९, पनौतीमा २ सय ७२ र मण्डनदेउपुर नगरपालिकामा ६ सय १३ वटा घर आँशिक रुपमा क्षति पुगेको कार्यालयले जनाएको छ ।
चौरीदेउराली गाउँपालिकामा एक सय ३४ घरमा पूर्ण क्षति भएको छ । भुम्लु गाउँपालिकामा १ सय २२ वटा घर र धुलिखेल नगरपालिकामा ८० वटा घरमा क्षति पुगेको छ । पाँचखाल नगरपालिका भित्र ७६, खानीखोला गाउँपालिकामा ४५ घरमा क्षति पुगेको छ । त्यसैगरी, महाभारत गाउँपालिका २३, बनेपा नगरपालिकामा ४७ घरमा क्षति पुगेको छ । त्यस्तै जिल्लामा ६८ घर परिवार स्थानान्तरण गर्नुपर्ने पनि सहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।
खानीखोलामा ५, मण्डनदेउपुरमा १३, चौरीदेउरालीमा २३, पाँचखालमा १३, रोशीमा ९ र बेथान्चोकमा ५ घर परिवार स्थानान्तरणका लागि आवेदन दिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।
बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ७८ घाइते तथा ६ जना अझै बेपत्ता छन् । जिल्लाका स्थानीय तहबाट प्राप्त क्षतिको विवरण अनुसार पुनः निर्माण तथा स्थापनाका लागि बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहितको विवरण उपलव्ध गराएको छ । (साँघु साप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस