• बुधबार-माघ-२-२०८१

केरलामा दलित किशोरीमाथि ६२ जनाद्वारा ब लात्कार, ४४ प क्राउ

 

नयाँदिल्ली, २ माघ । केरलामा ५ वर्षदेखि दलित किशोरीलाई बलात्कार गरेको आरोपमा ४४ जना पक्राउ परेका छन् ।


केरला प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) ले पथनामथिट्टा जिल्लामा एक दलित बालिकामाथि बलात्कार गर्ने ४४ जनालाइ पक्राउ गरेको ।


सो बलात्कार र यौन दुर्व्यवहारको सनसनीपूर्ण घटना बाहिरिए पछि प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको र हालसम्म ४४ जनालाई पक्राउ गरेको जिल्लाका एक वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन ।

 

अनुसन्धानको निरीक्षण गर्दै आएकी डीआईजी एस अजिता बेगमका अनुसार बालिकामाथि बलात्कार र यौन दुर्व्यबहार आरोपमा ३० वटा एफआईआर दर्ता भएको र घटनामा उल्लेख भएका ६२ अभियुक्तमध्ये ४४ जना पक्राउ परिसकेका छन ।

 

‘अभियुक्त मध्ये दुई जना फरार छन्, जो अहिले हाल विदेशमा छन् । हामी उनीहरूका लागि लुक आउट सर्कुलर जारी गर्ने विचार गरिरहेका छौं । हामी उनीहरूका लागि इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्ने योजनामा ​​छौं,’ उनले एनडिटीभीसँग भनिन् । उनीहरु बाहेक अरु १६ जनालाई पक्राउ गर्नका लागि प्रहरी लागि परिरहेको छ ।

 

सन् २०२४ को जनवरीमा कारभित्र र पथनम्थिट्टा जनरल अस्पतालमा भएका घटनासहित कम्तिमा ५ पटक उनीमाथि सामूहिक बलात्कार भएको अनुसन्धान पछि खुलेको प्रहरीले जनाएको छ । हाल  १८ वर्षकी किशोरीले १३ वर्षको उमेरदेखि ६२ जनाले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरीमा आरोप लगाएकी छन् ।

 

बाल कल्याण समितिले गरेको काउन्सिलिङका क्रममा एक शैक्षिक संस्थाका एक शिक्षिकाले उनको व्यवहारमा उल्लेखनीय परिवर्तन भएको प्यानललाई जानकारी दिए पछि यो कुरा बाहिर आएको थियो । उनी मानसिक रूपमा पूरै बिक्षिप्त रहेकी थिइन् ।
 

प्रतिकृया दिनुहोस