• बुधबार-माघ-२-२०८१

राजमार्ग निर्माणमा अति ढिलाइ गरिएको भन्दै मिर्चैयामा चक्काजाम 

 

सिरहा । सिरहाको मिर्चैया बजारका व्यापारीहरुले आज एकाबिहानै पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनाएका छन् ।

 

स्थानीय व्यापारीहरुले राजमार्गमा तगारो राखेर आवगमन ठप्प पारेका छन् । बिहानैदेखि मिर्चैयामा सवारी साधनहरुको लामो लर्को रोकिएको छ । यात्रुहरु कठिनाइमा परेका छन् । 

 

चिनियाँ इष्ट वेष्ट रेल्वे कम्पनीले  राजमार्ग निर्माणमा अतिशय ढिलाई गरेको र मिर्चैया बजार क्षेत्रमा कालोपत्रे नहुँदा धूलो उडेर घर र पसल छपक्कै ढाक्ने गरेको बन्दकर्ता मिर्चैयाबासीको भनाइ छ । स्थानीय व्यापारी रामप्रसाद साहका अनुसार पटक पटक ताकेता गर्दा पनि राजमार्ग निर्माण कार्यमा हदैसम्म ढिलाइ भइरहेको छ । 

 

बजार क्षेत्रमा सडक भत्काइएकोले आवागमनमा पनि कठिनाइ भइरहेको छ । व्यापारीहरु सडककै दुर्गतिका कारण पलायन भइरहेका छन् । व्यापार चौपट भएको उनीहरुको गुनासो छ ।  धूलोले घर र पसलमा बस्नै नसक्ने स्थिति छ । तीन वर्ष भयो राजमार्ग भत्काएको अझैसम्म निर्माण पूरा गरिएको छैन । 

 

अर्का व्यापारी भन्छन् सडक विभाग , चाइना निर्माण व्यवसायी कम्पनी र कन्सलटेन्टलाई भन्दा भन्दा थाक्यौ । चाइना कम्पनी उल्टो भन्छ , हामीसँग पैसा छैन  कसरी काम गर्ने ? अनि यो राजमार्ग कसरी निर्माण हुन्छ । हामीले कति सास्ती भोग्ने ? 

 

पूर्व पश्चि राजमार्गको कमला नदीदेखि पूर्व कञ्चनरुप बजारसम्म चार लेन सडक निर्माणको ठेक्का पाएको चाइना कम्पनीले तोकिएको समयभन्दा एक वर्ष बढी भइसक्दा पनि सडक निर्माण पूरा गरेको छैन । अझसम्ममा मात्र ५० प्रतिशत काम पूरा भएको छ ।   

 

 

प्रतिकृया दिनुहोस