नेपाल बैंक र एनआईसी एसिया बैंकले लाभांश वितरण नगर्ने
काठमाडौं, २ माघ । नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको हो । नेपाल बैंकले आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।
यसैगरी, एनआईसी एसिया बैंकले लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस