🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा नेपालले क्यानडामा हुने विश्वकप क्रिकेट लिग २ को दोस्रो चरणका लागि सोमबार अन्तिम टोली घोषणा गरेको छ । दुई सातापछि हुने लिग २ मा नेपालले क्यानडा र ओमानसँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

छनोट अन्य खेलाडीमा आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् । देव खनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहने छन् ।

सन् २०२७ मा दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको आधार रहेको लिग २ मा नेपालले सेप्टेम्बर १६ मा क्यानडा, १८ मा ओमान, सेप्टेम्बर २२ मा क्यानडा र २४ मा ओमानसँग खेल्नेछ ।