• मंगलबार-असोज-१-२०८१

कामु सचिवद्वय बढुवा हुँदै

 

काठमाडौं । नेपाल सरकारमा अहिले प्रशासन सेवाका दुई विशिष्ट श्रेणीको सचिव पद रिक्त भएको छ । गृह सचिव एकनारायण अर्याललाई सरकारले ०८१ भदौ १३ गते मुख्यसचिवमा बढुवा गरेको छ । त्यसलगत्तै वरिष्ठ सचिव रहेका डा. तोयानारायण ज्ञवाली र दिनेश भट्टराईले राजीनामा दिएका छन् । बढुवा नभएको र आफू भन्दा कनिष्ठ सचिवलाई मुख्यसचिव मानेर काम गर्न नसक्ने भन्दै उनीहरुले भदौ १३ गते सचिव पदबाट राजीनामा दिएका थिए । उनको राजीनामालाई मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ । उनले राजीनामा नदिएको भएपनि  ज्ञवाली २०८१ भदौ २२ गते सचिवको पाँचवर्षे कार्यकाल पूरा गररे अनिवार्य अवकासमा हुने सूचीमा रहेका थिए ।


ज्ञवालीले मुख्यसचिवमा बढुवा नभएको बहाना बनाएर अवकास हुनु भन्दा ७ दिन अगाडि राजीनामा दिएका छन् । यसरी राजीनामा दिंदा  ज्ञवालीको पेन्सन रकम मासिक ५ हजार बढ्ने एक सचिवले जानकारी दिए । जसका कारण यसै साताबाट नेपाल सरकारका दुई विशिष्ट श्रेणीका सचिवको पदरिक्त भएको छ । सरकारले अब लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षमा बस्ने बढुवा समितिको बैठकले सचिव बढुवाका लागि जेष्ठता र कार्यसम्पादनका आधारमा ६ जना वरिष्ठ सहसचिवहरूको नाम सिफारिस गर्ने तयारी गरेको बुझिएको छ ।


 स्रोतका अनुसार, सचिव बढुवाका लागि हाल कामु सचिवको भूमिकामा रहेका बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौडाका प्रदेश प्रमुख सचिव गोविन्द बहादुर कार्की र म्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बुटवलका प्रदेश प्रमुख सचिव महादेव पन्थलाई  सचिवमा बढुवा गर्ने भएको छ ।


बढुवा सिफारिसमा भने २०८१ साउन ३१ गते निर्वाचन आयोगबाट गण्डकी प्रदेशका सरुवा गरिएका सहसचिव रघुराम विष्टलगायतको नामहरु पर्ने सम्भावना रहेको छ । सरकारले पनि सोही सिफारिसका आधारमा सिनियारिटी नमिचिकन कामु सचिव रहेका कार्की र पन्थलाई बढुवा गर्नसक्ने बताइन्छ । (साँघु साप्ताहिक, २०८१ भदौ १७)

प्रतिकृया दिनुहोस