खलनायकले ओठमा चुम्बन गरेपछि सुपरहिट नायिकाले गरिन बान्ता
मुम्बई, २ माघ । आज अभिनेत्रीहरू ठूलो पर्दा वा ओटीटी प्लेटफर्महरूमा बोल्ड दृश्यहरू दिन हिचकिचाउँदैनन् तर एक समय थियो जब अभिनेत्रीहरू चुम्बन दृश्यहरूको कडा विरोधमा उत्रन गर्दथे । उनीहरू कुनै पनि फिल्म साइन गर्नु अघि नै आफ्ना सर्तहरू निर्मातालाई सुनाउँथे कि कम्तिमा किस सिन नहोस ।
यस्तै एक अभिनेत्री थिइन, जसले ९० को दशकमा राज गरेकी थिइन् तर चुम्बन दृश्यको विरुद्धमा भने खरो उभिएकी थिइन् । यी अभिनेत्रीले ९० को दशकमा धेरै सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । सलमान खानदेखि अजय देवगनजस्ता स्टारहरूसँग अन स्क्रिन रोमान्ससमेत गरेकी थिइन तर चुम्बन बिना । यी अभिनेत्री हुन्–पद्मश्री पुरस्कार विजेता रविना टण्डन ।
रविना टण्डनले आफ्नो अभिनय करियरको सुरुवात सन् १९९१ मा फिल्म ‘पत्थर के फूल’बाट गरेकी थिइन् । स्टार किड भए पनि आफ्नो क्षमताको बलमा उनले उद्योगमा नाम कमाउन सफल भएकी थिइन । उनले काम पाउनका लागि नै भनेर पर्दामा कुनै अन्तरंग दृश्य गरिनन् । तर, एक पटक सुटिङको क्रममा अचानक उनको ओठ एक कलाकारलाई चुमिदियो । यो घटनाले उनलाई निकै हतास बनायो ।
लेहरेन रेट्रोलाई दिएको एक अन्तर्वार्तामा केजीएफः२ अभिनेत्री रविना टण्डनले उक्त घटनाको बारेमा खुलेर कुरा गरेकी छिन् । उनले सुटिङको क्रममा एक्कासी ती कलाकारले आफ्नो ओठ छोएको बताइन् । यो भुलबस थियो तर अभिनेत्री टन्डनलाइ भने निकै असहज भयो। अभिनेत्रीले भनिन, ‘मलाई याद छ कि मैले एक पुरुष अभिनेतासँग थोरै रफ ह्यान्डलिंग दृश्य गरिरहेको थिएँ र मलाई याद छ कि भुलवश उनको ओठले मेरो ओठ छोयो । यो भूलवश भयो, त्यसको कुनै आवश्यकता थिएन। यो एक गल्ती थियो । म मेरो कोठामा गएँ र टन्नै वान्ता गरें किनभने मलाई कुनै पनि आराम थिएन । शट सकियो र म वाकवाकी महसुस गर्दै माथिल्लो तलामा गएँ । उनले अगाडि भनिन, ‘मैले सहनै सकिनँ। अनि मैले रिसाएर भने, ‘कृपया आफ्नो दाँत माझ्नुहोस्, आफ्नो मुख सय पटक धुनुहोस् ।’
रविना टण्डनले यो घटनापछि पुरुष अभिनेताले पनि आफूसँग माफी मागेको र अभिनेत्रीले उनलाई माफी दिएको पनि जनाइन । उनले भनिन, ‘यदि मलाई केहि गर्न सहज छैन भने त्यो म यो गर्दिन । उनले खलनायकको भूमिका निर्वाह गरेका थिए । उहाँ धेरै क्षमाप्रार्थी हुनुहुन्थ्यो र मैले यो गल्ती गरे भन्नुभयो ।’
रविना टण्डनले खुलासा गरेकी थिइन् कि त्यतिबेला नो–किसिङ नीतिको लागि कुनै सम्झौता गरिएको थिएन् तर पनि उनले त्यसो कहिल्यै गरिनन् । यसबाट उनी सहजै भइनन् । यद्यपि अभिनेत्रीले उनको ओठमा चुम्बन गर्ने कलाकारको नाम भने खुलाउन अस्विकार गरिन् ।

प्रतिकृया दिनुहोस