🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकामा नेपाली युवतीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ ।  अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो । पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पुगेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । ​

मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगेको छ ।  हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा गोली लागेको उल्लेख गरेको छ ।

नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ। 

प्रहरीले उनको शव पोष्टमार्टमका लागि लगेको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरु प्राप्त हुने बताइएको छ । ​ प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।